Kathmandu Press

सरकारले रिबन काट्ने बाहेक अरू काम गर्न सकेन: उपसभापति निधि

बलेवा, फागुन ४ : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दुई वर्षमा प्रशंसा गर्न लायक कुनै काम ग....

सरकारले रिबन काट्ने बाहेक अरू काम गर्न सकेन: उपसभापति निधि
फाइल

बलेवा, फागुन ४ : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दुई वर्षमा प्रशंसा गर्न लायक कुनै काम गर्न नसकेको आरोप लगाएका छन्।

आइतबार बागलुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति निधिले ओली सरकारले दुई वर्षमा कांग्रेसका पालामा गरेका गतिविधिको रिबन काट्ने बाहेक अन्य काम गर्न नसकेको आरोप लगाएका हुन्।  “प्रधानमन्त्रीले दुई वर्षसम्म एउटै पार्टीको सरकार चल्यो भन्नुभयो।  यस्तो प्रगति हुँदैन। जनताले अब के को आशा गर्ने ?,” निधिले भने।

उनले सरकारले संघीयता र लोकतन्त्र सुदृढीकरण गर्न ध्यान नदिएको बताए। निधिले सरकार संघीयताकाे सिद्धान्त र भावना अनुरुप चल्न नसकेको बताए।  

प्रकाशित मिति: १५:०३ बजे, आइतबार, फागुन ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्