Kathmandu Press

नेत्री सुचीलाई कारागारबाट सारियो

नेसनल लिग फर डिमोक्रेसीका एक अधिकाारीका अनुसार सोमबार राति नेत्री सुचीलाई उच्चस्तरीय परिसरमा सारिएको हो। उहाँले तल्लो सदनका सभामुख सभामुख ती खुन म्याटसँग भेटवार्ता पनि गरेका छन्।
नेत्री सुचीलाई कारागारबाट सारियो

काठमाडाैं, साउन १२ : सन् २०२१ को सैनिक विद्रोहमा अपदस्थ गरिएकी म्यान्माकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई कारागारबाट  सरकारी भवनमा सारिएको छ। 

नेसनल लिग फर डिमोक्रेसीका एक अधिकाारीका अनुसार सोमबार राति नेत्री सुचीलाई उच्चस्तरीय परिसरमा सारिएको हो। उहाँले तल्लो सदनका सभामुख सभामुख ती खुन म्याटसँग भेटवार्ता पनि गरेका छन्। उनले चीनका एसियाली मामिलासम्बन्धी विशेष दूत देङ सिजुआनलाई पनि भेट्ने सम्भावना रहेको ती अधिकारीले पुष्टि गरेका छन्। यसै महिना थाइल्यान्डका विदेशमन्त्रीले उहाँसँग भेटवार्ता गरेका थिए। 

म्यान्मामा विकसित पछिल्लो घटक्रमबारे जानकार एक अर्का अधिकारीका अनुसार नेत्री सुचीलाई राजधानी नेपिटस्थित विशिष्ट व्यक्ति आवासमा उनलाई सारिएको छ। निर्वाचित नेत्री सुचीलाई अपदस्थ गरिएसँगै देशमा भड्केको हिंसामा परी तीन हजार आठ सयभन्दा बढीको मृत्यु भएको छभने १० लाखभन्दा बढी विस्थापित भएका छन्। 

हिरासतमा रहेकी ७८ वर्षीय नोबेल पुरस्कार विजेता सुचीको स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त भएको छ। उनीमाथि भ्रष्टाचार, गैरकानूनी रूपमा  वाकीटकी राखेको, कोरोना महामारीमा जारी गरिएका प्रतिबन्धको पालना नगरेकोलगायत आरोपमा ३३ वर्षको जेल सजाय सुनाइएको छ।

प्रकाशित मिति: १६:३२ बजे, शुक्रबार, साउन १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्