Kathmandu Press

निजामती सेवा ऐनको धज्जी उडाउँदै लमजुङका सिडिओ खड्का

लमजुङ, फागुन ४ : निजामती सेवा ऐनमा सरकारी कर्मचारीहरु कुनै पनि राजनीतिक दलको सदस्य हुन नपाउने र दलको ब्यानरमा कुनै क्रियाकलाप गर्न समेत नपाउने उल्लेख ....

निजामती सेवा ऐनको धज्जी उडाउँदै लमजुङका सिडिओ खड्का

लमजुङ, फागुन ४ : निजामती सेवा ऐनमा सरकारी कर्मचारीहरु कुनै पनि राजनीतिक दलको सदस्य हुन नपाउने र दलको ब्यानरमा कुनै क्रियाकलाप गर्न समेत नपाउने उल्लेख छ।

तर निजामती सेवा ऐनको धज्जी उडाउँदै लमजुङका प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्का नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लमजुङले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा सहभागी भएका छन्।

२५ औं जनयुद्ध दिवसको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लमजुङले बेंसीशहरमा आयोजना गरेको 'समाजवाद उन्मुख जनताको जनवाद' विषयक प्रवचन तथा चियापान कार्यक्रममा लमजुङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) खड्का सहभागी भएका हुन्। कार्यालय समयमा कामकाज नै प्रभावित हुने गरी सिडिओ खड्का पार्टीको कार्यक्रममा करिब तीन घण्टा बसेका थिए।

कार्यक्रमलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ लगायतका नेताहरुले सम्बोधन गरेका थिए। 

तर सिडिओ खड्काले जिम्मेवारीका हिसावले जुनसुकै पार्टीको कार्यक्रममा सहभागी हुन पाइने बताए। उनले आफू नेकपा लमजुङले गरेको कार्यक्रममा सुरक्षाको दृष्टिकोणले सहभागी भएको दाबी गरे। 

प्रकाशित मिति: १४:३७ बजे, आइतबार, फागुन ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्