पूर्वसभामुख महराको मुद्दामा अन्तिम सुनुवाई सुरू
काठमाडौं, फागुन ४ : पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामाथि अन्तिम सुनुवाइ सुरू भएको छ।
उनको मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतमा सुरू....

काठमाडौं, फागुन ४ : पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामाथि अन्तिम सुनुवाइ सुरू भएको छ।
उनको मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतमा सुरू भएको हो। जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलास सुनुवाई सुरू भएको हो।
जिल्ला सरकारी वकिलको कार्यालयले महरालाई साढे सात वर्ष कैद सजाय र जरिवानाको माग राखी मुद्दा दायर गरेको थियो। यसअघि उच्च अदालतले एक महिनाभित्रमा फैसला गरिसक्न आदेश दिएको थियो। अदालतले छुटेकासँग बकपत्र गराएपछि आजबाट सुनुवाइ प्रक्रिया अगाडि बढाएको हो।
संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको अभियोगमा महरा अहिले पुर्पक्षका लागि थुनामा रहेका छन्।
प्रकाशित मिति: १२:४४ बजे, आइतबार, फागुन ४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)
