Kathmandu Press

विश्वकप छनोटमा नेपालले लाओससँग खेल्ने

लाओससँग नेपालले पहिलो लेग अक्टोबर १२ दशरथ रंगशालामा खेल्ने छ भने दोस्रो लेग लाओसमा १७ अक्टोवरमा हुनेछ।
विश्वकप छनोटमा नेपालले लाओससँग खेल्ने

काठमाडौं, साउन ११ : अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा २०२६को विश्वकप छनोटको प्रारम्भिक चरणमा नेपालले लाओससँग खेल्ने भएको छ।

एएफसीले बिहीबार मलेसियामा गरेको ड्र अनुसार नेपालले प्रारम्भिक चरणमा लाओसलाई प्रतिद्वन्द्वीका रुपमा पाएको हो।

लाओससँग नेपालले पहिलो लेग अक्टोबर १२ दशरथ रंगशालामा खेल्ने छ भने दोस्रो लेग लाओसमा १७ अक्टोवरमा हुनेछ।

नेपाले यसैवर्ष लाओससँग घरेलु मैदानमा प्रधानमन्त्री थ्री नेसन्स कपमा २ खेल खेलेको थियो। जसमा नेपाल समूह चरणमा २–० र फाइलनमा २–१ले विजयी भएको थियो।

प्रकाशित मिति: १३:२१ बजे, बिहीबार, साउन ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्