Kathmandu Press

विप्लव समूहका जिल्ला सेक्रेटरी पक्राउ

बनेपा, फागुन ४ : नेत्रविक्रम चन्द 'विप्लव' समूहका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी भुवनसिंह तामाङलाई प्रहरीले पक्राउ गरिएको छ । जिल्ला प्रहरी का....

विप्लव समूहका जिल्ला सेक्रेटरी पक्राउ

बनेपा, फागुन ४ : नेत्रविक्रम चन्द 'विप्लव' समूहका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी भुवनसिंह तामाङलाई प्रहरीले पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलको गस्ती टोलीले धुलिखेल नगरपालिका–७ सरस्वती बजारबाट पक्राउ गरिएको हो।

सरस्वती बजारमा शङ्कास्पद व्यवहार गरिरहेका अवस्थामा फेला पारेका तामाङलाई सोधपुछ गर्दा होहल्ला गरी स्थानीयबासिन्दालाई असर पर्ने गरी अपशब्द प्रयोग गरेको र गस्तीमा खटिएका प्रहरीमाथि अभद्र ब्यवहार गरेपछि पक्राउ गरिएको थियो ।

पक्राउ परेपछि मात्र उनी विप्लव समूहका जिल्ला सेक्रेटरी रहेको थाहा भएको प्रहरीले जनाएको छ । मेलम्ची नगरपालिका–९ का तामाङलाई अभद्र ब्यवहारअन्तर्गत कारवाही हुने जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख रविकुमार पौडेलले बताए।

प्रकाशित मिति: ११:४१ बजे, आइतबार, फागुन ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्