एसियाड तयारीका लागि बक्सिङ टोली भारत जाँदै
नेपाली खेलाडीले पञ्जाब इन्स्टिच्युसन अफ स्पोर्ट्स पटियालामा जुलाई २७ देखि अगष्ट २७ तारिखसम्म प्रशिक्षण गर्ने छन् भने मैत्रीपूर्ण प्रतियोगितामा पनि सहभागी ता जनाउने नेपाल बक्सिङ संघले जनाएको छ।
काठमाडौं, साउन १० : चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदको तयारीका लागि बक्सिङ टोली बिहीबार भारतको पञ्जाब प्रस्थान गर्दैछ। १३ खेलाडीसहित १७ सदस्यीय टोली थप तयारीका लागि भारत जान लागेको हो।
पुरुष ५१ केजीमा रविन थापा, ५७ केजीमा बुद्ध ग्याम्जो लामा, ६३।५ केजीमा भुपेन्द्र थापा, ७१ केजीमा दिपेश लामा, ८० केजीमा दीपक श्रेष्ठ, ९२ केजीमा रविन नेपाल र ९२ केजीमाथि आशिष दुवाडी रहेका छन्।
महिलाको ५० केजीमा सुष्मा तामाङ, ५४ केजीमा मिनु गुरुङ, ५७ केजीमा चन्द्रकला थापा, ६० केजीमा संगिता सुनार, ६६ केजीमा विनिता थापा मगर र ७५ केजीमा सरस्वती राना छन्। यस्तै, प्रशिक्षकमा शिव सिंह, दीपक महर्जन, प्रवीण तुलाधर र राज श्रेष्ठ तथा व्यवस्थापकमा श्यामकाजी अवाले छन्।
नेपाली खेलाडीले पञ्जाब इन्स्टिच्युसन अफ स्पोर्ट्स पटियालामा जुलाई २७ देखि अगष्ट २७ तारिखसम्म प्रशिक्षण गर्ने छन् भने मैत्रीपूर्ण प्रतियोगितामा पनि सहभागी ता जनाउने नेपाल बक्सिङ संघले जनाएको छ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे।