Kathmandu Press

किशोरीको घाँटी रेटेर हत्या, तीन दिनसम्म प्रहरी अन्योलमै

सल्यान, फागुन ४ : सल्यानको त्रिवेणी गाउँपालिका–१ काभ्रामा १७ वर्षीया किशोरीको घाँटी रेटेर हत्या गरिएको छ। हत्याको तीन दिन बितिसक्दा पनि प्रहरी अ....

किशोरीको घाँटी रेटेर हत्या, तीन दिनसम्म प्रहरी अन्योलमै
स्केच

सल्यान, फागुन ४ : सल्यानको त्रिवेणी गाउँपालिका–१ काभ्रामा १७ वर्षीया किशोरीको घाँटी रेटेर हत्या गरिएको छ। हत्याको तीन दिन बितिसक्दा पनि प्रहरी अन्योलमै छ।

काभ्राकी १७ वर्षीया कविता बोहराको शुक्रबार घाँटी रेटेर हत्या गरिएको हो। उनको स्वासनली काटेर हत्या भएको जानकारी आएको सल्यान जिल्ला प्रहरी कार्यालयका डीएसपी ढकेन्द्र खतिवडाले बताए। डीएसपी खतिवडाले भने, ‘अगाडिबाट घाँटी काटेको अवस्थामा शव फेला परेको छ।’

शुक्रबार राति ९ बजेसम्म कवित कोठामै पुस्तक पढिरहेको अभिभावकले बताएका छन्। घरका अन्य सदस्य सुतेको अवस्था कविता बाहिर निस्केको हुनसक्ने र त्यही वेला हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ।

स्थानीय वासिन्दाका अनुसार, राति १ बजे कविताका भतिजाले वान्ता गरेका थिए। उनी बिरामी भएपछि कविताको खोजी भएको थियो। उनी कोठामा नभेटिएपछि बाहिर खोजविन भएको थियो।

घरभन्दा १५ मिटरको दूरीमा कविताको शव भेटिएको स्थानीय वासिन्दाले बताएका छन्। गाईबस्तु बाध्ने ठाउँछेउमै शव भेटिएको जनाएको छ।

आइतबारसम्म हत्याबारे थप जानकारी आउन सकेको छैन। कसले किन हत्या गरेको भन्ने खुलेको छैन। अहिलेसम्म प्रहरीले कसैलाई पनि नियन्त्रणमा लिन सकेको छैन।

अनुसन्धान भइरहेको सल्यानका डीएसपी खतिवडाले बताए। ‘अनुसन्धान भइरहेको छ, केही दिनमै हत्यारा पक्राउ पर्छ,’ उनले भने।

प्रकाशित मिति: १०:५६ बजे, आइतबार, फागुन ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्