Kathmandu Press

कोरोना भाइरसबाट शनिबार मात्र १४३ जनाको मृत्यु, ६८ हजार संक्रमित

काठमाडौँ, फागुन ४ : चीनमा ब्यापक रुपमा फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या अझै बढिरहेको छ । शनिबार मात्रै चीनमा कोरोना भाइरसबाट १ सय ४....

कोरोना भाइरसबाट शनिबार मात्र १४३ जनाको मृत्यु, ६८ हजार संक्रमित

काठमाडौँ, फागुन ४ : चीनमा ब्यापक रुपमा फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या अझै बढिरहेको छ । शनिबार मात्रै चीनमा कोरोना भाइरसबाट १ सय ४२ जनाको ज्यान गएको छ ।

चीनमा हालसम्म ६८ हजार ५ सय नागरिक कोरोना भाइरसबाट संक्रमित भईसकेका छन् । शनिबार कोरोना भाइरसबाट चीन बाहिर फ्रान्समा पनि एक जनाको ज्यान गएको छ । कोरोनाभाइरस सङ्क्रमणका कारण एशिया बाहिर मृत्यु भएको यो पहिलो घटना हो।  उनी चीनको हुबे प्रान्तका ८० वर्षीय पुरुष भएको फ्रान्सका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोना भाइरसबाट शनिबार बिहानसम्म जापानमा २, हङकङमा १, फ्रान्समा १ र फिलिपिन्समा १ जनाले ज्यान गुमाएका छन् । हालसम्म २५ देशमा फैलिएको कोरोना भाइरसबाट ५ सय बढी मानिसहरु संक्रमित भएका छन् ।

यस्तै कोरोना भाइरसको अति प्रभावित क्षेत्र हुबेई प्रान्तमा रहेका १७५ जना नेपालीलाई नेपाल सरकारले उद्धार गरेर काठमाडौँ ल्याएको छ । बुधबार बिहान ४ बजे नेपाल एयरलाइन्सको चार्टर विमानमार्फत उनीहरु आइतबार बिहान ४ बजे त्रिभुवन विमानस्थल आइपुगेका हुन् ।
 

प्रकाशित मिति: ०८:२७ बजे, आइतबार, फागुन ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्