Kathmandu Press

महिला विश्व कपमा आज तीन हुँदै

यो खेल नेपाली समयअनुसार बिहान पौने ८ बजे शुरु हुनेछ । त्यस्तै, अर्को खेलमा बिहान सवा ११ बजे समूह ‘ए’ का न्युजिल्यान्ड र फिलिपिन्स तथा दिउँसो पौने २ बजे समूह ‘ए’ कै स्विट्जरल्यान्ड र नर्वेबीच खेल हुनेछ । हिजो भएको खेलमा ब्राजिल, जर्मनी र इटली विजयी भएका छन् ।
महिला विश्व कपमा आज तीन हुँदै

काठमाडौं, साउन ९ : फिफा महिला विश्व कप फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा समूह ‘एच’ का कोलम्बिया र दक्षिण कोरिया खेल्दैछन् ।

यो खेल नेपाली समयअनुसार बिहान पौने ८ बजे शुरु हुनेछ । त्यस्तै, अर्को खेलमा बिहान सवा ११ बजे समूह ‘ए’ का न्युजिल्यान्ड र फिलिपिन्स तथा दिउँसो पौने २ बजे समूह ‘ए’ कै स्विट्जरल्यान्ड र नर्वेबीच खेल हुनेछ । हिजो भएको खेलमा ब्राजिल, जर्मनी र इटली विजयी भएका छन् ।

ब्राजिलले पानामालाई ४–० गोलले, जर्मनीले मोरक्कोलाई ६–० गोलले र इटलीले अर्जेन्टिनालाई १–० गोलले हराएको हो । महिला विश्व कप फुटबल आउँदो अगस्ट २० तारिखसम्म चल्नेछ । विश्व कपमा ३२ टोलीको सहभागिता रहेको छ । 

प्रकाशित मिति: ०८:१० बजे, मंगलबार, साउन ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्