गौरिका र नासिरले बनाए नयाँ किर्तिमान
जापानको फुकुओकामा आयोजना भएको २० औं संस्करणको वर्ल्ड एक्वाटिक च्याम्पियनसिपमा दुवैले आफ्नै कीर्तिमान तोडेका हुन्।
काठमाडाैं, साउन ८ : पौडी स्टारद्वय गौरिका सिंह र नासिर याह्या हुसेन नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।
जापानको फुकुओकामा आयोजना भएको २० औं संस्करणको वर्ल्ड एक्वाटिक च्याम्पियनसिपमा दुवैले आफ्नै कीर्तिमान तोडेका हुन्। दुवैले राष्ट्रिय कीर्तिमान बनाए पनि नेपाललाई कुनै पदक भने दिलाउन सकेनन्।
महिलातर्फको १०० मिटर ब्याक स्ट्रोकमा १ मिनट ६.८० सेकेन्ड समयमा दुरी पुरा गर्दै गौरिकाले आफ्नै कीर्तिमान सुधार गरेकी हुन्। यसअघि उनले १२औं दक्षिण एशियाली खेलकुदमा उनले १ मिनट ७.३१ सेकेन्डको रेकर्ड राखेकी थिइन्।
यस्तै, नासिरले २०० मिटर फ्रिस्टायलमा राष्ट्रिय कीर्तिमान बनाए। उनले नासिरले १ मिनट ५७.२६ सेकेन्ड समय निकाले । यसअघि नासिरले ११औं एनएसए कप च्याम्पियनसिपमा १ मिनट ५८.२३ सेकेन्ड समयसहित राष्ट्रिय कीर्तिमान बनाएका थिए।
नासिरले ४०० मिटर फ्रिस्टायलमा पनि ४ मिनट ८.२३ सेकेन्ड समयको नयाँ राष्ट्रिय किर्तिमान कायम गरेका थिए।
भोली डुवाना लामाले २०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छिन्।











