मोरङमा टिपरको ठक्करबाट दुईको मृत्यु, एक घाइते
विराटनगर, फागुन ३ : मोरङको विराटनगर महानगरपालिका–४ मा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्।
शनिबा....

विराटनगर, फागुन ३ : मोरङको विराटनगर महानगरपालिका–४ मा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्।
शनिबार बिहान विराटनगरबाट इटहरीतर्फ गइरहेको को १ ख ७३०९ टिपरले प्र २–०१–००१प १६०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिंँदा दुई जनाको मत्यु हो। तथा एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सप्तरीको पतरा निवासी २२ वर्षीय हरेराम साह र सिरहा जिल्ला सुखिपुरका १९ वर्षीय ओजिर रायन र सप्तरीको रुपनी निवासी २० वर्षीय धनराज यादव रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
तीन जना सवार मोटरसाइकल ओभरटेकका क्रममा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। ती विद्यार्थी गोल्डक पार्क कलेजमा ओभरसिरयरमा अध्ययनरत रहेको बताइएको छ।
घाइते यादवको प्रादेशिक (कोशी) अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। टिपर चालक र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।










![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)
