Kathmandu Press

‘सुशासनका संयन्त्र क्रियाशील हुँदा भ्रष्टाचारमा निर्लिप्त हुनेहरू मुर्मुरिँदा रहेछन्’

काठमाडौं, फागुन ३ : प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका संयन्त्रहरु क्रियाशील हुँदा भ्रष्टाचारमा निर्लिप्त हुनेहरु मुर्मुरिएको बताएका छन्।&nb....

‘सुशासनका संयन्त्र क्रियाशील हुँदा भ्रष्टाचारमा निर्लिप्त हुनेहरू मुर्मुरिँदा रहेछन्’
फाइल

काठमाडौं, फागुन ३ : प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका संयन्त्रहरु क्रियाशील हुँदा भ्रष्टाचारमा निर्लिप्त हुनेहरु मुर्मुरिएको बताएका छन्। 

शनिबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,‘सुशासनका संयन्त्रहरु क्रियाशील हुँदा भ्रष्टाचारमा निर्लिप्त हुनेहरु मुर्मुरिँदा रहेछन्।  यस्तो अवस्थामा ‘नील वर्ण श्रृगाल कथा’ स्मृतिमा आउँदो रहेछ!’

उनले सार्वजनिक जग्गा हडप्नेका विरुद्ध कारवाही शुरु गर्दा होस् वा राजश्व अपचलनका कसुरमा लाग्नेका विरुद्धको कार्यमा होस् आफूले पटक–पटक खप्की खाएको बताए। तस्करहरु समातिएपछि खोई सुन भन्दै बुरुकबुरुक उफ्रिएको पनि आफूले  देखेको उनको आरोप छ। 

सुनकाण्डमा अदालतले छाडेका दोषीबाहेक अरु जेलमा रहेको भन्दै उनले सुन तस्करीको लाइन तहसनहस र बन्द पारिएको दाबी गरे। उनले दुई वर्षमा राजश्व चुहावट, विनिमय अपचलन तथा अवैध हुण्डी कारोबारी, झूठा तथा नक्कली बिल जारी गर्ने कसूरमा कर्मचारी तथा विभिन्न फर्महरुसहित ७ सय ९५ जनाविरुद्ध २६ अर्ब ७ करोड ९९ लाख रुपियाँ बिगो दाबी गरी अदालतमा मुद्दा दायर गरिएको बताए।

उनले सरकारी सम्पत्ति फिर्ता ल्याउन सरकारले चलाएको कारबाही अन्तर्गत विभिन्न ठाउँका जमिनहरु फिर्ता लिने अभियान नै चलाइएको बताए। बालुवाटारस्थित बहुचर्चित ललिता निवासको १३६ रोपनी जग्गामाथि गरिएको जालसाँजीविरुद्ध आफैँले छानविन समिति बनाएको बताए। 

छानविन समितिले दिएको प्रतिवेदन अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोषीमाथि मुद्दा चलाएको उनले बताए। आरोपितविरुद्ध मुद्दा दायर भएपछि देखिएका र सुनिएका प्रतिक्रियाप्रति व्यङ्ग्य गर्दै ओलीले भने,‘देखाउनेले दाग देखायो किन रुवाबासी’

प्रधानमन्त्री ओलीले सरकार कसैप्रति पनि आग्रही वा पूर्वाग्रही नभएको बताए। आग्रह, पूर्वाग्रह वेगर चर्चामा ल्याइएका सुन तस्करी, वाइडबडी लगायत विभिन्न प्रकरणको निष्पक्ष छानविन हुने उनको भनाइ छ।
 

प्रकाशित मिति: १३:५७ बजे, शनिबार, फागुन ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्