Kathmandu Press

करको दर होइन, दायरा बढाइएको हो : प्रधानमन्त्री

काठमाडौं, फागुन ३ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले करको दर बढाएको भनेर भ्रम फैलाइएको टिप्पणी गरेका छन्। 

शनिबार सरकारका दु....

करको दर होइन, दायरा बढाइएको हो : प्रधानमन्त्री
फाइल

काठमाडौं, फागुन ३ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले करको दर बढाएको भनेर भ्रम फैलाइएको टिप्पणी गरेका छन्। 

शनिबार सरकारका दुई वर्षे कार्यकालमा भएका कामबारे प्रतिनिधिसभा बैठकलाई जानकारी दिँदै प्रधानमन्त्री ओलीले सरकारले करको दर नभएर दायरा बढाएको बताएका हुन्। उनले भने,‘एउटा भ्रमको खण्डन गर्छु। यो सरकारले करको दर होइन, दायरा बढाउने सोंच अघि बढाएको छ।’ 

प्रधानमन्त्री ओलीले दुई वर्षमा ३० प्रतिशतले व्यवसायिक कर–प्रमाणपत्र लिनेको संख्या बढेको बताए। उनले राजश्व र करबाट राष्ट्रिय ढुकुटी बलियो हुँदा मात्रै सरकारले जनहित र सामाजिक सुरक्षा र लोक कल्याणकारी लोकप्रिय काम गर्न सक्ने बताए। 

वडा तहदेखि गाउँ, नगरपालिका, प्रदेश र केन्द्रमा निर्वाचित जनप्रतिनिधिहरुले जवाफदेही र जिम्मेवारीबोधका साथ जनउत्तरदायी ढंगले काम गर्ने प्रयास भइरहेको उनले बताए।
 

प्रकाशित मिति: १३:३८ बजे, शनिबार, फागुन ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्