Kathmandu Press

संविधान मान्दिनँ भन्नु नाजायज कुराः प्रधानमन्त्री ओली

काठमाडौं, फागुन ३ : प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समयमा संविधान संशोधन हुन सक्ने बताएका छन्। 

शनिबार सांसदहरुले उठाएका प्....

संविधान मान्दिनँ भन्नु नाजायज कुराः प्रधानमन्त्री ओली
फाइल

काठमाडौं, फागुन ३ : प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समयमा संविधान संशोधन हुन सक्ने बताएका छन्। 

शनिबार सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुने बताएका हुन्। 

उनले संविधान मान्दिनँ भन्नु जनताप्रतिको विश्वासघात भएको बताए। उनले संविधान मानेरै आएकाले त्यसमा थप परिमार्जन आवश्यक भएको बताए। ‘हामी सबै संविधान मानेर चुनावमा गएका हौं। संविधानलाई मान्दिनँ, अस्वीकार गर्छु भन्नु नाजायज कुरा होे,’ उनले भने। 

उनले संविधान असंशोधनीय चिज नभएको बताए। प्रधानमन्त्री ओलीले संविधानको स्वीकार्यता र संशोधन बेग्लै कुरा भएको बताए।

‘जहाँको पनि संविधान संशोधन हुन्छ। संविधान भनेको उपलब्धीहरुको मूर्ति हो। ती सफलताहरुलाई अझ समोचित उचाइँमा उठाउन  संशोधन गरिन्छ,’ उनले भने।
 

प्रकाशित मिति: १३:१९ बजे, शनिबार, फागुन ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्