Kathmandu Press

भ्रष्टाचारका सन्दर्भमा मुखमा पानी हालेर बस्ने बानी छैनः प्रधानमन्त्री ओली

काठमाडौं, फागुन ३ : प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार र दुराचारका सन्दर्भमा मुखमा पानी हालेर बस्ने आफ्नो बानी नभएको बताएका छन्।

भ्रष्टाचारका सन्दर्भमा मुखमा पानी हालेर बस्ने बानी छैनः प्रधानमन्त्री ओली
फाइल

काठमाडौं, फागुन ३ : प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार र दुराचारका सन्दर्भमा मुखमा पानी हालेर बस्ने आफ्नो बानी नभएको बताएका छन्।

शनिबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारका विषयमा मुखमा पानी हालेर बस्ने बानी नभएको बताएका हुन्।

उनले भने,‘ मैले आफूले पनि भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने भनेको थिए। त्यसलाई कसैले भन्नका लागि भनेको ठानेको छ भने त्यसले गल्ती गर्दैछ। दुराचार र दुराचारी, भ्रष्ट र भ्रष्टाचारका सन्दर्भमा मुखमा पानी हालेर बस्ने मेरो बानी छैन।’

प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्ने जोसुकै भएपनि मुख हेरेर सजाय नतोकिने बताए। उनले भ्रष्टाचारमा लिप्त हुनेहरु कारवाही अघि बढाउँदा मुर्मुरिरहेको टिप्पणी गरे। उनले सार्वजनिक जग्गा हडप्नेहरु र राजश्व अपचलन गर्नेहरु विरुद्धमा लाग्दा आफूले पटक पटक आलोचना खाएको बताए। 

उनले एउटै पार्टीको एउटै सरकारले दुई वर्ष पूरा गर्नुलाई पनि एउटा उपलब्धीका रुपमा लिनुपर्ने बताए।
 
प्रकाशित मिति: १२:०९ बजे, शनिबार, फागुन ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्