सावित्राले ५ गोल गर्दा गोकुलम विजयी
काठमाडौं, फागुन २ : नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले ५ गोल गरेपछि हिरो इन्डियन वुमन लिगमा गो....

काठमाडौं, फागुन २ : नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले ५ गोल गरेपछि हिरो इन्डियन वुमन लिगमा गोकुलम केराला एफसीले उत्कृष्ट जित निकालेको छ । शनिबार बैंग्लोरमा भएको खेलमा सावित्रा चम्किएपछि गोकुलमले ओडिसा पुलिसलाई ७–० ले हरायो।
गोकुलमालाई सानदार जित दिलाउने क्रममा सावित्राका अलावा आग्वो एक्पारियन्स र ग्रेस लालरनम्परीले समान १ गोल गरे । खेलको चौथो मिनेटमै सावित्राले गोल गर्दै गोकुलमलाई अग्रता दिलाइन् । पहिलो हाफ १–० मै सकियो ।
दोस्रो हाफमा भने गोकुलमले खेल पूर्णरुपमा आफ्नो पकडमा राख्यो र ६ गोल गर्यो । सवित्राले दोस्रो हाफको २ मिनेटमा २ गोल गर्दै आफ्नो दोस्रो ह्याट्रिक पुरा गरिन् । उनले ५१ र ५२औं मिनेटमा गोल गरेकी थिइन्।
सावित्राले पुन ७४औं र ८३औं मिनेटमा गोल गर्दै गोकुलमलाई ५–० को अवस्थामा पुर्याइन् । सावित्रा ९०औं मिनेटमा आग्वो र इन्जुरी समयमा ग्रेसले गोल गरेपछि गोकुलमले ७–० को जित निकल्यो । ५ गोल गरेकी सावित्रा खेलको म्यान आफ दी म्याच चुनिइन्।
यो जितसँगै गोकुलम १२ अंकका साथ समूह बीको शीर्ष स्थानमा छ । केन्क्रे एफसी ६ अंकका साथ दोस्रो स्थानमा छ भने श्री भूमी ३ अंकका साथ तेस्रो स्थानमा छ । समूह एमा कङचुप रोड योङ फिजिकल स्पोट्र्स क्लब ९ अंकका साथ शीर्ष स्थानमा छ भने सेथु एफसी ६ अंकका साथ दोस्रो र किकस्टार्ट एफसी ६ अंक जोड्दै तेस्रो स्थानमा छ ।
१२ टिम सहभागी प्रतियोगितामा दुवै समूहका शीर्ष २ टिम सेमिफाइलन पुग्ने छन् ।
प्रभाव जमाउँदै सावित्रा
दोस्रो सिजनमा पनि सावित्राले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएकी छिन् । उनी लगातार दोस्रो खेलमा ह्याट्रिकसहित ५ गोल गर्न सफल भइन् । बैंग्लोरमा जारी प्रतियोगितामा सावित्राले ३ खेलमा ११ गोल गरिसकेकी छन् । सावित्राले केन्कर एफसीविरुद्ध पनि ५ गोल गरेकी थिइन् भने श्री भूमी एफसीविरुद्ध १ गोल गरेकी थिइन् ।
सावित्राले अघिल्लो सिजनमा पनि इन्डियन वुमन लिगमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । अघिल्लो सिजन सेथु एफसीबाट खेलेकी उनले टिमलाई च्याम्पियन बनाउने क्रममा ३ ह्याट्रिकसहित १५ गोल गरेकी थिइन् ।










![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)
