Kathmandu Press

ललिता निवास थुना प्रकरणमा निर्णयको तयारी  

सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाश कुमार ढुंगाना र नहकुल सुवेदीको इजलासले निर्णय सुनाउने तयारी गरेको हो। 
ललिता निवास थुना प्रकरणमा निर्णयको तयारी  
Hardik ivf

काठमाडाैं, साउन ५ : बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्न सरकारी दस्तखत तथा कागजात कीर्ते गरेको आरोपमा समातिएका आरोपीको दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा निर्णय सुनाउने तयारी सर्वोच्च अदालतले गरेको छ। 

बहालवाला सचिव कृष्ण बहादुर राउत, निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा विहीबारै वहश सकिएको हो। सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाश कुमार ढुंगाना र नहकुल सुवेदीको इजलासले निर्णय सुनाउने तयारी गरेको हो। 

बिहीबार वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सुशील पन्त, उपेन्द्रकेशरी न्यौपाने र राधेश्याम अधिकारीले जवाफी बहस गरेका थिए। रिट निवेदकले गैरकानुनी रुपमा पक्राउ गरी थुनामा राखिएको दाबी गर्दै रिट दायर गरेका हुन्। उनीहरुलाई थुनामुक्त गर्न वन्दीप्रत्यक्षीकरण आदेश जारी गर्ने वा नगर्ने भन्ने बिषयमा टुंगो लाग्ने छ। 
 

प्रकाशित मिति: १३:०८ बजे, शुक्रबार, साउन ५, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्