Kathmandu Press

नेपालले एसिया कपको तयारी श्रीलंकामा गर्ने

पहिलो पटक एसिया कप खेल्न लागेको नेपालले श्रीलंकामा १५ दिनको स्पेशल हाई परफरमेन्स क्याम्प आयोजना गर्ने छ।
नेपालले एसिया कपको तयारी श्रीलंकामा गर्ने

काठमाडाैं, साउन ५ : नेपाली राष्ट्रिय क्रिकेट टिमले एसिया कप क्रिकेटको तयारी श्रीलंकामा गर्ने भएको छ।

पहिलो पटक एसिया कप खेल्न लागेको नेपालले श्रीलंकामा १५ दिनको स्पेशल हाई परफरमेन्स क्याम्प आयोजना गर्ने छ।

एसिया कपको समूह बीमा रहेको नेपालले पाकिस्तानसँग पाकिस्तान र भारतसँग श्रीलंकामा खेल्ने छ। त्यसका लागि क्यानले प्रतियोगिताअघि श्रीलंकामा तयारी गर्ने निर्णय गरेको हो।

‘नेपाली राष्ट्रिय क्रिकेट टोली एसिया कपका लागि तयार छ, र उनीहरू उत्कृष्ट फर्ममा छन् भनी सुनिश्चित गर्न हामीले श्रीलंकामा १५ दिने विशेष उच्च प्रदर्शन शिविर आयोजना गर्दैछौं,’ क्यानले भनेको छ।

नेपालमा बर्खाको समय भएकाले श्रीलंकामा प्रशिक्षणको व्यवस्था मिलाइएको क्यानले जनाएको छ। त्यो शिविरमा अनुभवी प्रशिक्षक र सहयोगी स्टाफको मार्गदर्शनमा श्रीलंकन डेभलपमेन्ट टिमसँग चार अभ्यास खेल खेल्ने समेत क्यानले जनाएको छ।

इमर्जिङ टिम्स कप खेल्न श्रीलंकामै रहेको नेपाली टिम हाई परफरमेन्स क्याम्प सकिएपछि नेपाल फर्कने क्यानले जनाएको छ।

एसिया कपमा नेपालले पाकिस्तानसँग मुल्तानमा अगष्ट ३० र भारतसँग श्सेप्टेम्बर ४ मा खेल्नेछ।

प्रकाशित मिति: ११:५१ बजे, शुक्रबार, साउन ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्