Kathmandu Press

महिला विश्वकप फुटबलमा आज  तीन खेल

पहिलो खेलमा समूह एको फिलिपिन्स र स्विजरल्याण्ड भिड्दैछन्। यी दुई बीचको खेल फोर्सिथ बार स्टेडियम न्यूजिल्यान्डमा नेपाली समय अनुसार विहान सवा ११ बजे सुरु हुनेछ। 
महिला विश्वकप फुटबलमा आज  तीन खेल

काठमाडौं, साउन ५ : महिला विश्वकप फुटबलमा आज  तीन खेल हुदैछ।

पहिलो खेलमा समूह एको फिलिपिन्स र स्विजरल्याण्ड भिड्दैछन्। यी दुई बीचको खेल फोर्सिथ बार स्टेडियम न्यूजिल्यान्डमा नेपाली समय अनुसार विहान सवा ११ बजे सुरु हुनेछ। 

यस्तै, समूह बीमा नाइजेरिया र क्यानडा भिड्नेछन्। यी दुईबीचको खेल विहान पौने सवा ९ बजे अष्ट्रेलियाको मेलवर्न स्टेडियममा हुनेछ। 

यसै गरी आज हुने अन्तिम खेलमा समूह सीमा रहेको स्पेन र कोस्टारिका आमने सामने हुनेछन्। यी दुईको खेल दिउँसो पौने २ बजे न्यूजिल्यान्डको विलिंग्टन रिजनल स्टेडियम  हुँदैछन्। ​ तीनै टोली खेलमा सहभागी टिम जितसहित विश्वकपको सुखद सूरुआत गर्न चाहन्छन्।

बिहीबारको उद्घाटन खेलमा अष्ट्रेलिया र न्युजिल्यान्डले विजयी सुरुआत गरेका छन्।

प्रकाशित मिति: ०७:४९ बजे, शुक्रबार, साउन ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्