१४ फेर्बुअरीमै किन मनाइन्छ 'भ्यालेन्टाइन डे'?
काठमाडौँ, फागुन २ : तपाईलाई थाहा छ, १४ फेब्रुअरीमा 'भ्यालेन्टाइन डे' किन मनाइन्छ? यो दिनको नाम किन 'भ्यालेन्टाइन डे' राखियो? आज ह....

काठमाडौँ, फागुन २ : तपाईलाई थाहा छ, १४ फेब्रुअरीमा 'भ्यालेन्टाइन डे' किन मनाइन्छ? यो दिनको नाम किन 'भ्यालेन्टाइन डे' राखियो? आज हामी तपाईलाई 'भ्यालेन्टाइन डे' को इतिहास र यसबारेमा केही तथ्य बताउन चाहान्छौं।
आजभोलि भ्यालेन्टाइन डे विश्वव्यापी रुपमा मनाउन थालिएको छ। मानिसहरुले यसलाई माया गर्ने चाडको रुपमा पनि लिने गरेका छन्। आजको दिनमा माया गर्ने जोडीले एक अर्काबीच माया प्रेम साटासाट गरेर मनाउने गरेका छन्। तर, भ्यालेन्टाइन डे किन आजकै दिनमा मनाइन्छ भन्ने कुराको पछाडि एउटा इतिहास रहेको छ।
रोमका पादरीहरूको नाममा उत्सव
भ्यालेन्टाइनको नाम ‘अरिया अफ जकोबस दि भोराजिन’ भन्ने पुस्तकमा रहेको छ। आजको दिन रोमको पादरी सेन्ट भ्यालेन्टाइनको नाममा मनाइन्छ। भनिन्छ कि सेन्ट भ्यालन्टाइन संसारमा प्रेम प्रवद्र्धनमा विश्वास गर्थे, तर रोमका एक राजा सम्राट क्लाउडियसलाई उनको विचार मन परेन। उनी प्रेम विवाहको विरुद्धमा थिए। प्रेमलाई गतल ठान्दथे।
सम्राटले सोच्थे की रोमका मानिस आफ्नो श्रीमती र परिवारको मायाको कारण सेनामा भर्ती भइरहेका छैनन्। यो एक समस्या हो भन्ने सोचेर उनले प्रेम र विवाहमा प्रतिबन्ध लगाए।
पास्टर भ्यालेन्टाइनलाई सम्राटको आदेश जनताको लागि उचित नभएको लाग्यो। उनले सम्राटको आदेशको विरोध गर्दै धेरै सिपाहीहरुको विवाह गरिदिए। त्यसैको कारण उनलाई १४ फेब्रुअरीको दिन फाँसी दिइयो।
त्यस दिनदेखि प्रत्येक वर्ष यो दिनलाई ‘प्रेम दिवस’को रूपमा मनाइदै आएको छ। भनिन्छ की सेन्ट भ्यालेन्टाइनले आफु जेलमा हुँदा जेलरको छोरीलाई एक पत्र लेखेका थिए, जसमा उनले ‘तपाईंको भ्यालेन्टाईन’ भन्ने शव्द प्रयोग गरेका थिए।
आजभोलि संसारभार भ्यालेन्टाइन डे लाई एक चाडको रुपमा विभिन्न तरिकाले मनाइने गरेको पाइन्छ। यद्यपि धेरै देशहरूमा यसलाई संस्कृतिको विरुद्ध भएको भन्दै प्रतिबन्ध पनि लगाइएको छ।
एजेन्सीको सहयोगमा











