एसिया कपमा नेपालको पहिलो खेल पाकिस्तानसँग
नेपालले पाकिस्तानको मुल्तानमा अगस्ट ३०मा पाकिस्तानसँग खेल्नेछ दोस्रो खेल भारतसँग सेप्टेम्बर ४मा श्रीलंकामा खेल्नेछ।
काठमाडाैं, साउन ३ : अर्को महिना पाकिस्तान र श्रीलंकामा आयोजना हुने एसिया कप क्रिकेटमा नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने छ। एसियन क्रिकेट काउन्सिलले बुधबार एसिया कपको तालिका सार्वजनिक गरेको हो।
तालिका अनुसार नेपालले पाकिस्तानको मुल्तानमा अगस्ट ३०मा पाकिस्तानसँग खेल्नेछ।
पहिलो पटक एसिया कप खेल्न लागेको नेपाल प्रतियोगितामा समूह एमा छ। प्रतियोगितामा नेपालले दोस्रो खेल भारतसँग सेप्टेम्बर ४मा खेल्ने छ। नेपाल र भारतबीचको खेल श्रीलंकाको केन्डीमा हुनेछ।
घरेलु मैदानमा भएको एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल अगष्ट ३० देखि सेप्टेम्बर १७ सम्म हुने प्रतियोगिताका लागि छनोट भएको हो।
प्रकाशित मिति: १९:४६ बजे, बुधबार, साउन ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











