प्रधानमन्त्रीको सम्बोधन स्थगित
काठमाडौं, फागुन २ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा आज गर्ने भनिएको सम्बोधन स्थगित भएको छ।
प्रमुख प्रतिपक्ष कांग्रेसको तर्फबा....

काठमाडौं, फागुन २ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा आज गर्ने भनिएको सम्बोधन स्थगित भएको छ।
प्रमुख प्रतिपक्ष कांग्रेसको तर्फबाट राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएकाले प्रधानमन्त्रीको सम्बोधन स्थगित गरिएको जनाएको छ।
प्रधानमन्त्री ओलीले सरकारको अवधि दुई वर्ष पुगेको अवसरमा आज दिउसो २ बजे प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यसूची थियो। तर, शोक परेका वेला बैठकमा शोक प्रस्ताव पारित गरेर स्थगन गर्ने परम्परा छ।
त्यसैले संसदमा आजका लागि तय भएका कुनै पनि कार्यक्रम नहुने संसद सचिवालयले जनाएको छ।
प्रकाशित मिति: १३:४५ बजे, शुक्रबार, फागुन २, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)
