Kathmandu Press

कुशल भुर्तेलले ६ विकेट लिएपछि युएई ए १५७ रनमै अलआउट

कुशल भुर्तेलले ६ विकेट लिएपछि युएई ए १५७ रनमै अलआउट

काठमाडौं, साउन ३ : पार्टटाइम स्पिनर कुशल भुर्तेलले घातक बलिङ गरेपछि एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले युएई एलाई १५७ रनमै अलआउट गरेको छ। जारी प्रतियोगितामा पहिलो पटक बलिङ गरेका कुशलले करिअरकै उत्कृष्ट बलिङ गर्दै एक्लैले ६ विकेट लिएपछि पहिला ब्याटिङ गरेको युएई ओभरमा १५७ रनमा अलआउट भयो।

युएईका लागि लवप्रितसिंहले ५२ रन बनाउँदा इथान डिसुजाले १८, अश्वन्थ वालथापाले १६ र जस जियाननीले १३ रनको योगदान दिए।

युएईको इनिङ धरासायी बनाउने क्रममा कुशलले १० ओभरमा ४० रन खर्चेर ६ विकेट लिए। यसअघि ५२ लिस्ट एमा ४ विकेट मात्र लिएका कुशलको यो करिअरकै उत्कष्ट स्पेल हो। उनले एकदिवसीयमा ४ र टि–२०मा १ विकेट लिएका छन्।

उनीसँगै राष्ट्रिय टिमबाट डेब्यू खेलमै स्पिनर मौसम ढकालले २ विकेट लिए। पवन सर्राफ र कुशल मल्लको नाममा पनि १ विकेट रह्यो। युएईका दशै विकेट स्पिनरले लिए।

प्रकाशित मिति: १४:०१ बजे, बुधबार, साउन ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्