Kathmandu Press

युरोपमा व्यवसायिक फुटबल खेल्न लागेकी सावित्राको बिदाई

नेपालका लागि इजरायली राजदूत हानन गोदरले यो खुशीको क्षण भएको र सावित्राको खेल हेर्न सबै प्रतिक्षारत रहेको बताए।
युरोपमा व्यवसायिक फुटबल खेल्न लागेकी सावित्राको बिदाई

काठमाडाैं, साउन ३ : पहिलो पटक यृुरोपमा व्यवसायिक फुटबल खेल्न लागेकी नेपाली राष्ट्रिय महिला टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारीको बिदाई गरिएको छ।

सिंहदरबारमा आयोजित एक कार्यक्रमबीच युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्बाङ, नेपालका लागि इजरायली राजदूत हनन गोदरले सावित्रालाई बिदाई गरे।

दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकरका रुपमा आफूलाई स्थापित गरेकी सावित्राले इजराजयमा लिग खेल्ने छिन्। हापोएल रानानाले एक सिजनका लागि उनलाई अनुबन्धन गरेको छ। लिग खेल्न सावित्रा अगस्ट १ मा इजराजय जानेछिन्।

सावित्रा युरोपमा व्यवसायिक फुबटल खेल्ने पहिलो र एकमात्र खेलाडी हुन्। कार्यक्रममा सावित्राले  युरोपमा खेल्ने आफ्नो सपना पूरा हुन लागेको भन्दै खुसी व्यक्त गरिन्। उनले भनिन्,  ‘मेरा लागि यो फरक र नयाँ गन्तव्य हो, मेरा लागि यो नयाँ चुनौती हो, म त्यसका लागि तयार छु।’

सावित्रालाई बिदाई गर्दै मन्त्री लिम्बुले सावित्रा नेपाली फुटबलमा ठूलो संभावना बोकेको खेलाडी रहेको भन्दै भन्दै ईजरायलमा पनि राम्रो खेल प्रदर्शन गर्न शुभकामना दिए भने एन्फा अध्यक्ष नेम्वाङले नेपाली खेलाडीले युरोपमा व्यसायिक फुटबल खेल्न पाउनु खुसीको अवसर भएको उल्लेख गरे।

नेपालका लागि इजरायली राजदूत हानन गोदरले यो खुशीको क्षण भएको र सावित्राको खेल हेर्न सबै प्रतिक्षारत रहेको बताए।

प्रकाशित मिति: १२:३० बजे, बुधबार, साउन ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्