Kathmandu Press

एसीसी इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेलमा नेपालले आज युएई ‘ए’ सँग खेल्दै

खेल नेपाली समय अनुसार बिहान सवा १० बजे श्रीलंकाको पि।सारा ओभल कोलम्बोमा शुरु हुनेछ । समूह ‘बी’ मा रहेका नेपाल र युएई ‘ए’ दुवै टोली समूह चरणबाट बाहिरी सकेका छन् । 
एसीसी इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेलमा नेपालले आज युएई ‘ए’ सँग खेल्दै

काठमाडौं, साउन ३ : एसीसी इमर्जिङ टिम्स एसिया कपको आफ्नो अन्तिम खेलमा नेपालले आज युएई ‘ए’ सँग खेल्दैछ । 

खेल नेपाली समय अनुसार बिहान सवा १० बजे श्रीलंकाको पि।सारा ओभल कोलम्बोमा शुरु हुनेछ । समूह ‘बी’ मा रहेका नेपाल र युएई ‘ए’ दुवै टोली समूह चरणबाट बाहिरी सकेका छन् । 

नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेट र दोस्रो खेलमा भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको थियो । त्यस्तै युएई पनि भारत र पाकिस्तान ‘ए’ टोलीसँग पराजित भएको थियो । 

आठ टोली सहभागी प्रतियोगितामा समूह ‘ए’ बाट श्रीलंका र बंगलादेश तथा समूह ‘बी’ बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् ।

प्रकाशित मिति: ०७:१९ बजे, बुधबार, साउन ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्