Kathmandu Press

माधव नेपाल र बाबुराम भट्टराईविरूद्धको मुद्दा प्रधानन्यायाधीशको इजलासमा

काठमाडौं, फागुन २ : सर्वोच्च अदालतमा पूर्वप्रधानमन्त्रीद्वय नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल र संघीय समाजवादीका अध्यक्ष डा.बाबुराम भट्टराईविरूद्ध परे....

माधव नेपाल र बाबुराम भट्टराईविरूद्धको मुद्दा प्रधानन्यायाधीशको इजलासमा

काठमाडौं, फागुन २ : सर्वोच्च अदालतमा पूर्वप्रधानमन्त्रीद्वय नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल र संघीय समाजवादीका अध्यक्ष डा.बाबुराम भट्टराईविरूद्ध परेको रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा तोकिएको छ।

बालुवाटास्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याउने तत्कालीन मन्त्रिपरिषद्ले निर्णय गर्दा उनीहरु नै प्रधानमन्त्री रहेको र नीतिगत निर्णय भन्दै अख्तियारले मुद्दा दायर नगरेपछि सर्वोच्चमा रिट दायर भएको थियो। वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट दायर गरेका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति विजयकुमार गच्छदारसहित एक सय ७५ जना विरुद्ध मुद्दा दायर गरेको थियो।

प्रकाशित मिति: १२:१६ बजे, शुक्रबार, फागुन २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्