Kathmandu Press

किरणले आईएसएल खेल्ने

पञ्जाब यसै सिजन आईलिग च्याम्पियन बन्दै आईएसएलमा बढुवा भएको हो। पञ्जाबलाई आई लिग च्याम्पियन बनाउन किरणले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
किरणले आईएसएल खेल्ने

काठमाडाैं, साउन २ : नेपाली राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले भारतको शीर्ष डिभिजन लिग खेल्ने भएका छन्। पूर्वक्लब पञ्जाब एफसीले किरणसँगको सम्झौता नवीकरण गरेपछि उनले इन्डियन सुपर लिग खेल्ने भएका हुन्।

पञ्जाब यसै सिजन आईलिग च्याम्पियन बन्दै आईएसएलमा बढुवा भएको हो। पञ्जाबलाई आई लिग च्याम्पियन बनाउन किरणले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

पञ्जाबले किरणसँगको सम्झौता एक वर्षका लागि नवीकरण गरेको हो । पञ्जाबले किरणलाई एसियन कोटामा अनुबन्ध गरेको हो। प्रत्येक टिम एक एसियानसहित कुल ६ विदेशी खेलाडी अनुबन्धन गर्न पाउँछन्।

आईएसएलको नयाँ सिजन २०२३ सेप्टेम्बरबाट सुरु हुँदैछ। यो पटकबाट आईएसएलमा १२ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

किरण आईएसएलमा क्लबमा अनुबन्धन हुने दोस्रो नेपाली खेलाडी हुन्। अघिल्लो सिजन नेपाली राष्ट्रिय टिमका डिफेन्डर अनन्त तामाङले  इस्ट बंगलाबाट खेलेका थिए। लिग सकिँनै लाग्दा  इस्ट बंगलाबाटमा आबद्ध भएका उनले १ खेल मात्र खेल्ने अवसर पाएका थिए।

 

प्रकाशित मिति: १२:२३ बजे, मंगलबार, साउन २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्