कांग्रेसका राष्ट्रिय सभा सांसद उपाध्यायको निधन
काठमाडौं, फागुन २ : राष्ट्रियसभा सांसद दुर्गाप्रसाद उपाध्यायको शुक्रबार बिहान निधन भएको छ।
उनको शुक्रबार बिहान रुपन्देहीकाे लुम्बिनी साँस्कृ....

काठमाडौं, फागुन २ : राष्ट्रियसभा सांसद दुर्गाप्रसाद उपाध्यायको शुक्रबार बिहान निधन भएको छ।
उनको शुक्रबार बिहान रुपन्देहीकाे लुम्बिनी साँस्कृतिक नगरपालिका-१० स्थित घरमै निधन भएको हो।
उनको केही दिनदेखि भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको थियो। उनलाई केही दिन अस्पतालबाट अघि घर ल्याइएकाे थियाे।
सांसद उपाध्यायको शुक्रबार बिहान निधन भएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
५० वर्षीय उपाध्याय कांग्रेस सांसद हुन्। उनी यस अघि कांग्रेस क्षेत्रीय सभापति रहेका थिए। उनकाे आजै दाहसंस्कार गरिने जनाएकाे छ।
उनका श्रीमती, तीन छोरा र दुई छोरी छन्।
प्रकाशित मिति: ११:४३ बजे, शुक्रबार, फागुन २, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)
