मानबहादुर बने भलिबल टिमको कप्तान
हरिहजुर थापा बर्खास्तीमा परेपछि रिक्त रहेको स्थानमा संघले मानबहादुरलाई कप्तान बनाएको हो।
काठमाडौं, साउन २ : स्पाइकर मानबहादुर श्रेष्ठ नेपाली राष्ट्रिय पुरुष भलिबल टिमको कप्तान बनेका छन्।
नेपाल भलिबल संघको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका मानबहादुरलाई कप्तानमा नियुक्त गरेको हो।
मानबहादुर सन् २०१५ राष्ट्रिय टिमका महत्वपूर्ण सदस्य रहँदै आएका छन्। हरिहजुर थापा बर्खास्तीमा परेपछि रिक्त रहेको स्थानमा संघले मानबहादुरलाई कप्तान बनाएको हो।
संघले हरिहजुरलाई शनिबार मात्र कप्तानबाट बर्खास्त गरेको हो। प्रधानमन्त्री कप एनभिएर भलिबल क्लब लिगका क्रममा दर्शकसँग वाद–विदामा उत्रिएपछि उनलाई संघले कारबाही गर्दै कप्ताबाट हटाएको हो।
प्रकाशित मिति: ११:२३ बजे, मंगलबार, साउन २, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











