नेपाल भारतसँग ९ विकेटले पराजित, भारत सेमिफाइनलमा
पहिलो खेलमा पाकिस्ता एसँग ४ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा भारत एसँग ९ विकेटको फराकिलो अन्तरले पराजित भयो।
काठमाडाैं, साउन १ : एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। पहिलो खेलमा पाकिस्ता एसँग ४ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा भारत एसँग ९ विकेटको फराकिलो अन्तरले पराजित भयो।
कोलम्बोस्थित प्रेमदासा रंगशालामा भएको खेलमा पहिला ब्याटिङ गर्दै नेपालले दिएको १६८ रनको सामान्य लक्ष्य भारतले २२.१ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो।
भारतलाई सहज जित दिलाउने क्रममा दुवै ओपनरले अर्धशतकीय योगदान गरे। अविशेक शर्माले ६९ बलमा १२ चौका र २ छक्का प्रहार गर्दै ८७ रन बनाए भने साई सुदर्शनले ५२ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ५८ रन बना।
नेपालका लागि एक मात्र विकेट कप्तान रोहितकुमार पौडेलको नाममा रह्यो।
त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले ३९.२ ओभरमा अलआउट हुँदै १६७ रन मात्र बनाउन सक्यो ।लगातार दोस्रो खेल पनि नेपालको टपअर्डर धरासायी भयो । पाकिस्ताविरुद्ध पावर प्लेमा ६ विकेटको गुमाएको नेपालले भारतविरुद्ध ५ विकेट गुमायो।
नेपालका लागि कप्तान रोहित पौडेलले अर्शतकीय इनिङ खेले। उनले ८८ बलमा ७ चौका प्रहार गर्दै ६५ रन बनाए। रोहितले छौठौं विकेटका लागि सोमपलका कामीसँग ५३ र सातौं विकेटका लागि गुल्सन झासँग ५४ रनको साझेदारी गरेका थिए।
गुल्सनले ३० बलमा समान २ चोका र छक्का प्रहार गर्दै ३८ रन बनाउँदा सोमपालले ३९ बलमा १४ रन बनाए। त्यसबाहेक देव खनाल मात्र दोहोरो अंकमा स्कोर बनाउन सके । उनले २१ बलमा ३ चौका प्रहार गर्दै १५ रन बनाए।
यस्तै, आसिफ सेख ७ र पवन सर्राफले ६ रन बनाउँदा भीम सार्कीले ४, ललित राजवंशीले ३ र किशोर महतोले २ रन बनाए। यस्तै, कुशल भुर्तेल र कुशल मल्ल शुन्य रनमा आउट भए।
नेपाललाई सस्तैमा समेट्ने क्रममा भारतका निशान्त सिन्धुले ३।२ ओभरमा १४ रन मात्र खर्चेर ४ विकेट लिए । यस्तै, राजवर्धन हंगरकेकरले ५ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए भने हर्षित राना २ तथा मानव सुतारले १ विकेट लिए।
यो जितसँगै भारत समूह बीबाट सेमिफाइनल पुगेको छ। यसअघि उसले युएईलाई हराएको थियो। समूह बीमा लागताु दोस्रो जित निकालेको पाकिस्तान पनि सेमिफाइनल पुगेको छ। अब लिगको अन्तिम खेलमा भारत र पाकिस्तान भीड्ने छन्। यो खेल समूहको विजेता र उपविजताको टुंगो लगाउनेछ।











