नेपालको खराब ब्याटिङ, भारतलाई १६८ रनकाे लक्ष्य
पहिलो खेलमा पाकिस्तान ए विरुद्ध १७९ रनमा अलआउट भएको नेपाली टिम सोमबार भारत एविरुद्ध १६९ रनमै अलआउट भयो।
काठमाडाैं, साउन १ : एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले निरन्तर खराब ब्याटिङ गरेको छ। पहिलो खेलमा पाकिस्तान ए विरुद्ध १७९ रनमा अलआउट भएको नेपाली टिम सोमबार भारत एविरुद्ध १६७ रनमै अलआउट भयो।
दुवै खेलमा नेपालका टम अर्डर नराम्ररी धरासायी भयो । पाकिस्ताविरुद्ध पावर प्लेमा ६ विकेटको गुमाएको नेपालले भारतविरुद्ध ५ विकेट गुमाएको थियो । श्रीलंकमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ३९.२ ओभरमा १६९ रनका अलआउट भयो।
नेपालका लागि कप्तान रोहित पौडेलले अर्शतकीय इनिङ खेले। उनले ८८ बलमा ७ चौका प्रहार गर्दै ६५ रन बनाए। रोहितले छौठौं विकेटका लागि सोमपलका कामीसँग ५३ र सातौं विकेटका लागि गुल्सन झासँग ५४ रनको साझेदारी गरेका थिए।
गुल्सनले ३० बलमा समान २ चोका र छक्का प्रहार गर्दै ३८ रन बनाउँदा सोमपालले ३९ बलमा १४ रन बनाए। त्यसबाहेक देव खनाल मात्र दोहोरो अंकमा स्कोर बनाउन सके । उनले २१ बलमा ३ चौका प्रहार गर्दै १५ रन बनाए।
यस्तै, आसिफ सेख ७ र पवन सर्राफले ६ रन बनाउँदा भीम सार्कीले ४, ललित राजवंशीले ३ र किशोर महतोले २ रन बनाए। यस्तै, कुशल भुर्तेल र कुशल मल्ल शुन्य रनमा आउट भए।
नेपाललाई सस्तैमा समेट्ने क्रममा भारतका निशान्त सिन्धुले ३.२ ओभरमा १४ रन मात्र खर्चेर ४ विकेट लिए । यस्तै, राजवर्धन हंगरकेकरले ५ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए भने हर्षित राना २ तथा मानव सुतारले १ विकेट लिए।











