Kathmandu Press

भारतविरद्ध रोहितको अर्धशक

रोहितको अर्धशतक मद्दतमा पहिलो पावर प्लेमै ५ विकेट गुमाएको नेपाल प्रतिस्पर्धातक योगफलतर्फ अग्रसर भएको छ।
भारतविरद्ध रोहितको अर्धशक

काठमाडाैं, साउन १ : श्रीलंकामा जारी एसिसी इर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाली कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन्। भारत एविरद्धको जारी खेलमा रोहितले ६४ बलमा अर्धशतक प्रहार गरेका हुन्।

दबाबमा रहेको नेपालका लागि उनले ६४ बलमा ६ चौका प्रहार गरे। रोहितको अर्धशतक मद्दतमा पहिलो पावर प्लेमै ५ विकेट गुमाएको नेपाल प्रतिस्पर्धातक योगफलतर्फ अग्रसर भएको छ।

ताजा अवस्थामा नेपालले २८ ओभरमा ६ विकेटको क्षतिमा ११४ रन बनाएको छ। ३७ रन बनाउँदौ ५ विकेट गुमाएको नेपालका लागि छैठौं विकेटका लागि रोहित र सोमपाल कामीले अर्धशतकीय साझेदारी गरे। सोमपालले ३९ बलमा १४ रन बनाए।

अहिले क्रिजमा गुल्सन झाले रोहितलाई साथ दिइरहेका छन्। उनले १७ बलमा १ छक्का प्रहार गर्दै १६ रन बकनाएका छन्।

त्यसअघि नेपालका लागि देव खनालले १५ रन बनाउँदा आसिफ सेखले ७ र भीम सार्कीले ४ रन बनाउँदा कुशल भुर्तेल र कुशल मल्ल शुन्य रनमा आउट भए।

भारतका लागि राजवर्धन हंगरकेकरले ३ विकेट लिए भने हर्षित राना २ तथा मानव सुतारले १ विकेट लिए।

प्रकाशित मिति: १६:३७ बजे, सोमबार, साउन १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्