Kathmandu Press

बंगलादेशलाई पराजित गरेर राष्ट्रिय महिला फुटबल टिम स्वदेश फर्कियाे

सोमबार मध्यान्ह स्वदेश फर्किएको राष्ट्रिय महिला फुटबल टिमलाई त्रिभुवन विमानस्थलमा अखिल नेपाल फुटबल संघ एन्फा पदाधिकारीहरुले स्वागत गरेका थिए।
बंगलादेशलाई पराजित गरेर राष्ट्रिय महिला फुटबल टिम स्वदेश फर्कियाे

काठमाडाैं, साउन १ : बंगलादेशमा मैत्रीपूर्ण सिरिजको उपाधि जितेको राष्ट्रिय महिला फुटबल टिम स्वदेश फर्किएको छ।

सोमबार मध्यान्ह स्वदेश फर्किएको राष्ट्रिय महिला फुटबल टिमलाई त्रिभुवन विमानस्थलमा अखिल नेपाल फुटबल संघ एन्फा पदाधिकारीहरुले स्वागत गरेका थिए।

बंगलादेशमा दुई मैत्रीपूर्ण म्याचको सिरिज खेलेर नेपाली टिम घर फर्किको हो। दुवै खेलमा बराबरी खेलेको नेपालले टाईब्रेकरमा घरेलु टोली बंगलादेशलाई पराजित गर्दै फिफा मान्यताको मैत्रीपूर्ण सिरिज हात पारेको थियो।

स्वदेश फर्किएपछि राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक अनन्त थापाले बंगलादेशको होम ग्राउण्डमा पराजित गर्नु उपलव्धी भएको र यसले खेलाडीहरुको मनोवल बढेको बताए।

मैत्रीपूर्ण सिरिजमा नेपाली खेलाडीहरुको कमी कमजोरी अध्ययन गर्ने मौका पाएकाले आगामी प्रतियोगिताका थप सुधारका साथ खेल्ने उहाले बताए।

त्यस्तै राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले पहिलेको तुलनामा अहिलेको प्रदर्शन कमजोर नै देखिएको बताउनुभयो। उहाले सिरिजको उपाधि जित्नु खुसीको कुरा भएपनि आगामी दिनमा थप मजबुद हुनुपर्ने धारणा राखे।

त्यस्तै राष्ट्रिय महिला फुटबल टिमकी सदस्य सावित्री भण्डारीले यसअघि भएका गल्तीलाई सुधार गर्दै बंगलादेशसंग खेलेको बताए। उहाले अगामी खेलमा थप सुधारका साथ अघि बढ्ने जिकिर गरे।

नेपाली महिला टिम एसियाडको तयारीमा समेत रहेको छ।

प्रकाशित मिति: १४:१४ बजे, सोमबार, साउन १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्