भारत एसँग भीड्दै नेपाली टिम
नेपालले आज दिउँसो सवा २ बजे भारत ‘ए’ सँग खेल्ने छ। श्रीलंकाको कोलम्बोस्थित प्रेमदासा स्टेडियममा हुने छ।
काठमाडौं, साउन १ : श्रीलंकामा जारी एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले आज दोस्रो खेल खेल्दै छ। नेपालले आज दिउँसो सवा २ बजे भारत ‘ए’ सँग खेल्ने छ। श्रीलंकाको कोलम्बोस्थित प्रेमदासा स्टेडियममा हुने छ।
पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको नेपाल सुधारिएको प्रदर्शन गर्दै पुनरागमनको प्रयासमा हुनेछ। खेल डे नाइट हुनेछ।
पाकिस्तानसँगको खेलमा सोमपाल कामीले ७५ रन बनाउनुबाहेक अन्य खेलाडी सस्तैमा पभेलियन फर्किएका थिए । त्यसैले नेपालको फोकेस भारत एविरुद्ध ब्याटिङमै हुनेछ।
सर्ट बल विश्वका सबै ब्याटरलाई खेल्न कठिन हुने बताउँदै त्यसमा नेपाल फरक नहुने भन्दै मुख्य प्रशिक्षक मोन्टी देसाईले अभ्यासमा सुधार्ने प्रयास गरिएको बताए।
नेपाली टोलीमा आज केही परिवर्तन हुने सम्भावना छ। मिडअर्डर ब्याट्सम्यान देव खनाल, फास्ट बलर किशोर महतोले मौका पाउने सम्भावना छ।











