अञ्जनाले २ पेनाल्टी बचाउँदा नेपालले बंगलादेशलाई हरायो
सब्टिच्युट गोलकिपर अन्जना रानामगरले २ पेनाल्टी बनाएपछि बंगलादेशलाई ४–२ले हराउँदै नेपालले सिरिज जितेको हो।
काठमाडाैं, असार ३१ : बंगलादेशविरुद्धको २ खेलको मैत्रीपूर्ण सिरिज नेपाली महिला टिमले जितेको छ। दोस्रो मैत्रीपूर्ण खेल पनि बराबरीमा सकिएपछि सिरिजको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।
सब्टिच्युट गोलकिपर अन्जना रानामगरले २ पेनाल्टी बनाएपछि बंगलादेशलाई ४–२ले हराउँदै नेपालले सिरिज जितेको हो। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो।
पेनाल्टीमा नेपालका लागि सावित्रा गोल, हिरा भुजेल, दीपा शाही र अनिता केसीले गोल गर्दा अञ्जनाको प्रहार बंगलादेशी गोलकिपरले बचाइन्।
बंगलादेशका साम्सुनार र मोनिका चक्माले गोल गर्दा मारिया मण्डा र सेइली अजिमको प्रहार अन्जनाले बचाएकी थिइन्।
नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल १–१को बराबरीमा सकिएको थियो। नेपाली टिम एसियन गेम्सको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न बंगलादेश पुगेको हो।
प्रकाशित मिति: १९:५५ बजे, आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











