‘भ्यालेन्टाइन-डे’मा प्रेम प्रस्ताव अस्वीकार हुँदा आफैलाई गोली प्रहार
सिन्धुली, फागुन २ : जिल्ला प्रहरी कार्यालय, सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले शुक्रबार बिहान आफैंलाई गोली हानेका छन्।
जिल्ला प्रहरी कार्या....

सिन्धुली, फागुन २ : जिल्ला प्रहरी कार्यालय, सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले शुक्रबार बिहान आफैंलाई गोली हानेका छन्।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत महोत्तरीका प्रहरी जवान चन्द्रकिशोर रायले शुक्रबार बिहान आफ्नै पेटमा गोली हानेका हुन्। गोली लागेर उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले बताइन्।
घाइते रायलार्य सिन्धुली जिल्ला अस्पताल लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि काठमाडौं लगिएको छ।
उनका सहकर्मीका अनुसार, रायले भ्यालेन्टाइन डेको अवसर पारेर सहकर्मी महिला प्रहरीलाई प्रेम प्रस्ताव राखेका थिए। उनले अस्वकार गरेपछि रायले आफैलाई गोली हानेको उनका सहकर्मीले बताएका छन्।
महिला प्रहरीले बोकेको पेस्तोल खोसेर आफैलाई गोली हानेको प्रत्यक्षदर्शीले बताएका छन्। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।










![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)
