Kathmandu Press

प्रधानमन्त्रीले आज संसद्लाई सम्बोधन गर्दै

काठमाडौं, फागुन २ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्लाई सम्बोधन गर्ने भएका छन्।

आज दिउसो २ बजे बस्ने प्रतिनिधिसभाको बैठकलाई सम्बोधन ग....

प्रधानमन्त्रीले आज संसद्लाई सम्बोधन गर्दै
फाइल फाेटाे

काठमाडौं, फागुन २ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्लाई सम्बोधन गर्ने भएका छन्।

आज दिउसो २ बजे बस्ने प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको संसद सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीले आफ्नो दुई वर्षे कार्यकालको उपलब्धिबारे जानकारी गराउँने भएका छन्।

प्रधानमन्त्री ओली नेतृत्व गरेको सरकारको फागुन ३ गते दुई वर्ष पूरा हुँदै छ। त्यहि अवसरमा संसद्मार्फत आफूले गरेका कामबारे जानकारी दिने भएका छन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सरकारका उपलब्धिबारे संसद्लाई जानकारी दिन लागिएको बताए। ‘प्रधानमन्त्रज्यूले आज संसद्मा सम्बोधन गर्नुहुन्छ,’ सल्लाहकार थापाले भने, ‘दुई वर्षे कार्यकालको उपलब्धिबारे जानकारी दिनुहुन्छ।’

आज दिउसो २ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ। बैठकको सुरुआतमै प्रधानमन्त्री ओलीले बोल्ने जनाएको छ।

प्रकाशित मिति: १०:२१ बजे, शुक्रबार, फागुन २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्