२० अर्ब राख्ने मेरो घरमा ठाउँ छैन, चाहिँदा पनि चाहिँदैन : मन्त्री बाँस्कोटा
काठमाडौं, फागुन १ : सूचना तथा सञ्चार प्रबिधि मन्त्री गोकुल बाँस्कोटाले सिजी कम्पनीलाई प्रक्रिया पुर्याएर आउन आग्रह गरेका छन् । विहिबार मन्त्रालयम....

काठमाडौं, फागुन १ : सूचना तथा सञ्चार प्रबिधि मन्त्री गोकुल बाँस्कोटाले सिजी कम्पनीलाई प्रक्रिया पुर्याएर आउन आग्रह गरेका छन् । विहिबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले सिजी कम्युनिकेसनले प्रक्रिया नपुर्याएकै कारण लिमिटेड मोविलिटी सेवाको लाइसेन्स खारेज गरेको बताए।
सिजीमाथि सरकारले कुनै पूर्वाग्रह नराखेको बताउँदै मन्त्री बाँस्कोटाले विधि र प्रकृयाअनुसार आए सरकारले कसैलाई पनि भेदभाव नगर्ने पनि स्पष्ट पारे । सिजीले पूर्वसर्त अनुसार ४१ जिल्लाका ५ सय ३४ गाविसमा काम गर्नुपर्नेमा त्यसो नगरी ढोका छँदाछँदै झ्यालबाट छिरेर काम गर्न गर्न दबाब दिएको पनि बास्कोटाले बताए।
मिडियाले आफूलाई बढी खेदेको भन्दै रोस प्रकट गरेका मन्त्री बाँस्कोटाले प्रेस प्रतिपक्ष नभइ तथ्यमा जानुपर्ने बताए । सिजीलाई लाइसेन्स दिनका लागि २० अर्ब रुपैयाँ घुस मागेको आरोप लगाएको भन्दै मन्त्री बाँस्कोटाले खण्डन पनि गरेका छन् । उनले चौधरी ग्रुपसँग २० अर्ब माग्यो भन्ने गरेका छन् भन्दै भने, ‘मेरो घरमा त्यत्रो पैसा राख्ने ठाउँ छैन र चाहिँदा पनि चाहिँदैन ।’
यस्तै सरकारले परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालका निर्देशक डा. जागेश्वर गौतम, कान्ती बाल अस्पतालका निर्देशक डा. आरपि विच्छा, पाँचथर रानीगाउँ– ३ का भक्तिमान सुब्वा सम्बाहाम्फे र सिन्धुपाल्चोक हेलम्बु–२ का पेम्वा लामालाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको सदस्यमा मनोनीत गरेको छ ।
गत उपनिर्वाचनमा झडपमा परी घाइते भएका अछाम जिल्ला मल्लेख गाउँपालिका–५ का गम्भीर साउद, मोहन साउद, रामबहादुर साउद र नरबहादुर साउदको उपचार तथा बिरामी कुरूवा खर्चबापत २ लाख ३ हजार ५ सय ८४ रूपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ । त्यस्तै, थापाथली क्याम्पसलाई बि.ई. अटोमोबाइल (४ जना) र बि. आर्किटेक्चर (४८ जना) सहितको नयाँ थप कार्यक्रम अध्ययन–अध्यापन गराउन अस्थायी स्वीकृति प्रदान गरेको छ ।
सरकारले नारायणी नदीमा सञ्चालन हुने क्रुज आयोजनाका लागि क्रुज स्टेसन निर्माण गर्न भरतपुर महानगरपालिका–१६ मा रहेको राष्ट्रिय वन क्षेत्रको कूल एक हेक्टर जग्गा प्रयोग गर्न स्वीकृती दिने भएको छ ।
यस्तै सरकारले ११ औं तहका प्रमुख कन्सल्टेन्ट इएनटी सर्जन डा. ढुण्डीराज पौडेल, प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. राजेन्द्र सञ्जेल क्षेत्री र प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विष्णुप्रसाद पौडेलले लामो समयसम्म बिदा स्वीकृत नगराई अनुपस्थित रहेको भन्दै स्पष्टिकरण माग्ने निर्णय पनि गरेको छ ।










![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)
