आज शेयर बजारमा लगानीकर्ता अन्योलमा
काठमाडौं, फागुन १ : साताको अन्तिम कारोवार दिन बिहीबार नेप्से परिसूचक १ दशमलव ३९अंकले घटेर १३४४ दशमलव ५९को विन्दुमा बन्द भएका छ।
द....
काठमाडौं, फागुन १ : साताको अन्तिम कारोवार दिन बिहीबार नेप्से परिसूचक १ दशमलव ३९अंकले घटेर १३४४ दशमलव ५९को विन्दुमा बन्द भएका छ।
दोश्रो बजार ० दशमलव १० प्रतिशतले घटेको छ। दोश्रो बजार १३४६ दशमलव ४५ को विन्दुमा खुलेको थियो भने दशमलव १३५४ दशमलब ८८ को उच्च विन्दु सम्म पुगेको थियो। आज बजारको न्यून विन्दु १३४२ दशमलव ९० थियो। आज १ अर्ब ७७ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार रकम बढेको छ।
आजको बजारको अवस्था
आज सर्वाधिक कारोवार हुने
आज सबै भन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर किनबेच भएको छ। हिमालयन डिष्टिलरीको १२ करोड बराबरको शेयर किन बेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज हिमालयन डिष्टिलरीका शेयरधनीले सर्वाधिक ९ दशमलव ९३ प्रतिशतले कमाए भने नेपाल हाईड्रो डेभलपर्सका शेयरधनीले सर्वाधिक ५ दशमलव ११ प्रतिशतले गुमाए।
छोटो समयावधिको प्राविधिक बिश्लेषण
अघिल्लो दिनको बिश्लेषणको निश्कर्ष अनुसार बजारको प्रतिरोध १३६० र टेवा १३४० मा रहेको भनिएको थियो। आज बजारको उतारचढाब यहि क्षेत्रभित्र सिमित रहेको छ। आज नेप्से परिसूचक १३४४ दशमलब ५९ को विन्दुमा बन्द भएको छ।
चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १ मा दैनिक मैनबत्ती बिश्लेषण अनुसार बजार हाल ‘एसेन्डिङ्ग ट्रायङ्गल’ को आकृति भित्र उतारचढाब भएको देखिन्छ। यो आकृति प्राय जसो बुलिस प्रकृतिको हुने भए पनि निश्चित दिशा तय गरि सकेको देखिन्दैन।
चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२ मा, दुई दिनको कारोबार कस्तो रह्यो भनि हेर्नलाई ५ मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो दिन प्रवृत्तिहिन रहेको बजार आज पनि त्यही अनुरुप निरन्तरता पाएको छ। यसले बजारमा लगानीकर्ताहरु अन्योल अवस्थामा रहेको संकेत गर्दछ।
२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले बजार केहि सच्चिन सक्ने संकेत गरेको छ। रिलेटिभ स्टे«न्थ इन्डेक्स (आरएसआई) ३३ दशमलब ८८ अंकमा रहेको छ। कारोबारको अन्तिम समयमा आरएसआई र स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी विक्री भएको र केहि समय बजार सकारात्मक हुन सक्ने संकेत गरेको छ।
निश्कर्ष
छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकहरुले हाल बजार मुख्य प्रतिरोध क्षेत्र नजिक रहेको देखिन्छ। यदि बजार १३६० भन्दा माथि स्थिर रहेमा बजार अझ सकारात्मक हुन सक्ने संकेत गर्दछ। त्यस्तै, यदि बजार १३४० भन्दा तल स्थिर रहेमा बजार केहि सच्चिन सक्ने देखिन्छ र अर्को तत्कालिन टेवा १३३० को क्षेत्रमा रहेको देखिन्छ।