Kathmandu Press

दुर्गा प्रसाई सुटुक्क प्रशासनमा, साधारण तारेखमा रिहा

भक्तपुर, फागुन १ : झापाको बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं साधारण तारेखमा रिहा भएका छन्। जिल्ला प्रशासन कार्यालय, भक्तपुरले उनलाई साधार....

दुर्गा प्रसाई सुटुक्क प्रशासनमा, साधारण तारेखमा रिहा

भक्तपुर, फागुन १ : झापाको बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं साधारण तारेखमा रिहा भएका छन्। जिल्ला प्रशासन कार्यालय, भक्तपुरले उनलाई साधारण तारेखमा छोडेको हो।

चिकित्सा शिक्षा आयोगका अध्यक्ष श्रीकृष्ण गिरीले २० करोड मागेको भन्दै पत्रकार सम्मेलन गरेपछि मुद्दा परेको थियो। अध्यक्ष गिरीले प्रसाईविरुद्ध अभद्र व्यवहार, गाली बेइज्जती तथा मानहानी गरेको भन्दै उजुरी दिएका थिए।

त्यसका आधारमा महानगरीय प्रहरी परिसर, भक्तपुरले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको थियो। सो मुद्दामा प्रसाईविरुद्ध प्रक्राउ पूर्जि जारी गरेको थियो।

उनी सुटुक्क जिल्ला प्रशासन कार्यालय पुगेका हुन्। मंगलबार जिल्ला प्रशासन कार्यालय पुगेका उनको त्यही दिन बयान लिइएको थियो। उनलाई साधारण तारेखमा जोडिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी दीलिप लामिछानेले बताए।

याे पनि पढ्नुस् :

बी एन्ड सी मेडिकल संचालक प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीले २० करोड घुस मागे : दुर्गा प्रसाईं

दुर्गा प्रसाईँसँग २० करोड घुस मागेको भन्ने आरोप मिथ्या र कपोलकल्पित : डा. गिरी

प्रकाशित मिति: १५:४१ बजे, बिहीबार, फागुन १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्