Kathmandu Press

ह्वाट्सएपका प्रयोगकर्ता दुई अर्ब

सान फ्रान्सिस्को, फागुन १ : फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सएपका प्रयोगकर्ता दुई अर्बभन्दा बढी पुगेको फेसबुकले जनाएको छ।

मेसेन्जरझैं सञ्चा....

ह्वाट्सएपका प्रयोगकर्ता दुई अर्ब

सान फ्रान्सिस्को, फागुन १ : फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सएपका प्रयोगकर्ता दुई अर्बभन्दा बढी पुगेको फेसबुकले जनाएको छ।

मेसेन्जरझैं सञ्चार सेवा उपलब्ध गराउने ह्वाट्सएपलाई अझ बढी विश्वसनीय र सुरक्षित बनाउन ध्यान दिइने फेसबुकले प्रतिबद्धता व्यक्त गरेको छ। फेसबुकले विश्वभर निकै लोकप्रियता कमाएको ह्वाट्सएप सञ्चार सेवालाई सन् २०१४ मा किनेको थियो। ह्वाट्सएपमा निःशुल्क सञ्चार सेवाका साथै भ्वाइस र भिडियो सेवा पनि उपलब्ध छ।

दुई अर्ब प्रयोगकर्ताको एउटा विशिष्ट कोशेढुङ्गा पार गर्न सफल भएकामा कम्पनीले गर्वको महशुस गरेको ह्वाट्सएपको ब्लगपोस्टमा लेखिएको छ। कम्पनीले व्यक्तिका निजी सूचनालाई अझ बढी विश्वासिलो ढङ्गबाट सुरक्षित गरिने र कसैले सहजै भङ्ग गर्न नसक्ने परिस्थिति निर्माण गरिने जनाएको छ।

अमेरिकी सरकारले ह्वाट्सएप, मेसेन्जर, भाइबरजस्ता सञ्चार सेवाका सन्देशहरुमा राज्यका निकायको पहुँच बढाउनु पर्ने दाबी गर्दै आएको सन्दर्भमा फेसबुकले व्यक्तिका गोपनीय सूचनाको संरक्षणलाई अझ बलियो बनाउन चाहेको बताएको छ।

गत साता, बाल सुरक्षा संघसंस्थाहरुले फेसबुक समक्ष बलिया ‘इन्क्रिप्सन’ योजना लागू गर्दा बाल यौन दूराचारीले अनुचित फाइदा उठाउन सक्ने भन्दै यस्तो योजना स्थगित गर्न आग्रह गरेका छन्।

ह्वाट्सएपका कर्मचारीले परीक्षणका रुपमा प्रयोग गरिरहेको इन्क्रिप्सन निकै बलियो रहेको र त्यसका डाटा कुनै पनि सरकारी निकायले अध्ययन गर्न नसक्ने देखिएको छ।

प्रकाशित मिति: १४:३७ बजे, बिहीबार, फागुन १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्