भलिबलमा पुरूषतर्फ पुलिस फाइनलमा
शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा एपीएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस क्लब फाइनल पुगेको हो। पुलिसले २५–२२, २५–१३ र २५–१५ को सोझो सेटमा जित हात पारेको हो।
काठमाडौं, असार २९ : काठमाडौंमा जारी सातौं संस्करणको प्रधानमन्त्री एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्फ नेपाल पुलिस क्लब फाइनल पुगेको छ।
शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा एपीएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस क्लब फाइनल पुगेको हो। पुलिसले २५–२२, २५–१३ र २५–१५ को सोझो सेटमा जित हात पारेको हो।
यस्तै महिलातर्फ भने फाइनलमा नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ। शुक्रबार न्यु डायमण्ड स्पोर्ट्स एकेडेमी पुलिससँग पराजित भएपछि एपिएफ फाइनलमा पुगेको हो।
खेलमा पुलिसले न्यू डायमण्डलाई २५–२०, २५–१४ र २५–१७ ले पराजित गर्यो। न्यु डायमण्ड तेस्रो स्थानमा रहेर बाहिरियो। शुक्रबार नै भएको पहिलो खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै चौथो बन्यो।
आर्मीले गण्डकीलाई २५–१८, २५–१२ र २५–१५ को सेटमा पराजित गरेको हो। प्रतियोगितामा महिला तर्फ ६ तथा पुरुष तर्फ ७ टोलीको सहभागीता रहेको छ। महिला र पुरुष तर्फ शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल असार ३० गते शनिबार हुदैछ।