Kathmandu Press

सोमपालको बहादुरीपूर्ण ब्याटिङ, नेपालले दियो पाकिस्तानलाई १८० रनको सम्मानजनक लक्ष्य

७५ रनमा ८ विकेट गुमाएको नेपालका लागि सोमपालले बहादुरीपूर्ण ब्याटिङ गरेपछि नेपाल ३७ ओभरमा १७९ रनमा अलआउट भयो। अन्तिम विकेटका लागि आउट भएका सोमपालले १०१ बल ९ चौका र २ छक्का प्रहार गर्दै ७५ रन बनाए।
सोमपालको बहादुरीपूर्ण ब्याटिङ, नेपालले दियो पाकिस्तानलाई १८० रनको सम्मानजनक लक्ष्य

काठमाडाैं, असार २९ : नवौं नम्बरमा ब्याटिङ गरेका सोमपाल कामीले बहादुरीपूर्ण ब्याटिङ गरेपछि एसिसी इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपालले सम्मानजनक योगफल बनाएको छ। श्रीलंकामा जारी खेलमा पाकिस्तान एविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको नेपालले १८० रनको सम्मानजक लक्ष्य दियो।

७५ रनमा ८ विकेट गुमाएको नेपालका लागि सोमपालले बहादुरीपूर्ण ब्याटिङ गरेपछि नेपाल ३७ ओभरमा १७९ रनमा अलआउट भयो। अन्तिम विकेटका लागि आउट भएका सोमपालले १०१ बल ९ चौका र २ छक्का प्रहार गर्दै ७५ रन बनाए।

सामोपाल र प्रतिश जिसीले नवौं विकेटका लागि महत्वपूर्ण अर्धशतकीय साझेदारी गरेपछि नेपालले सम्मानजनक योगफल बनाएको हो। प्रतिशले २४ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २६ रन बनाए।

तल्लो क्रमका ब्याट्सम्यानले राम्रो योगदान दिएपनि नेपलाको माथिल्ले क्रमका ब्याट्सम्यानले पाकिस्तानी आक्रमण झेल्न सकेन। नेपालले पहिलो पावर प्लेमै महत्वपूर्ण ६ विकेट गुमाएको थियो।

नेपालको माथिल्लो क्रममा लागि अर्जुन साउदले २० बलमा २ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक १७ रन बनाउँदा आसिफ सेखले १२ बलमा ३ चौका प्रहार गर्दै १२ रन बनाए।

कप्तान रोहितकुमार पौडेलले ४ रन बनाउँदा कुशल मल्ल र पवल सर्राफले समान १ रन बनाए भने भीम सार्की शुन्य रनमा आउट भए। तल्लो क्रममा गुल्सन झाले १९ बलमा १३ रन बनाए।

नेपालको इनिङ धरासयी बनाउने क्रममा पाकिस्तानका फास्ट बलर सहनवाज धानीले १० ओभरमा ३८ रन मात्र खर्चेर ५ विकेट लिए भने मुहम्मद वासिमले १० ओभरमा ५१ रन खर्चेर ४ विकेट लिए।

प्रकाशित मिति: १३:२१ बजे, शुक्रबार, असार २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्