Kathmandu Press

विश्वमा विद्रोहका प्रमुख नेता नै मारिएका छन्, हामी शौभाग्यशाली भयौं : प्रचण्ड

काठमाडौं, फागुन १ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू शौभाग्यशाली रहेको बताएका छन्।

बुधबार जनयुद्ध दिवसको अवसरमा न....

विश्वमा विद्रोहका प्रमुख नेता नै मारिएका छन्, हामी शौभाग्यशाली भयौं : प्रचण्ड

काठमाडौं, फागुन १ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू शौभाग्यशाली रहेको बताएका छन्।

बुधबार जनयुद्ध दिवसको अवसरमा नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष प्रचण्डले संसारका अन्य मुलुकमा शान्ति प्रक्रिया पूरा हुन नसकेको बताए। ‘विश्वका अन्य मुलुकमा शान्ति प्रक्रिाय पूरा हुन सकेन। विद्रोहका प्मुख नेता नै मारिएका छन्। हामी शौभाग्यशाली भयौं,’ प्रचण्डले भने, ‘नेपालमा सशस्त्र विद्रोहलाई शान्तिपूर्ण वातावरणमा ल्याउन सफल भयौं।’

उनले नेपालको शान्ति प्रक्रिया संसारकै मौलिक भएको जिकिर गरे। शान्ति प्रक्रियामा नआएको भए माओवादी नै सकिने सक्ने उनको भनाइ थियो।

अहिले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरिरहेको गतिविधिप्रति उनले असन्तुष्टि जनाए। विप्लवलाई लक्षित गर्दै प्रचण्डले भने, ‘कहिलेकाहिँ आफैआफै भएजस्तै गर्छन् केही व्यक्ति। केही नक्कल गर्न लागेका छन्।’

अध्यक्ष प्रचण्डले पूर्वप्रधानमन्त्री एवं कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको प्रसंग पनि निकाले। त्यतिवेला प्रधानमन्त्री कोइरालाले ठूलठूला आक्रमण गर्न सुझाएको दाबी गरे।

कार्यक्रममा नेकपा उपाध्यक्ष वामदेव गौतमले जनयुद्ध जनताको मुक्ति र समृद्धिका लागि भएको बताए। लोकतान्त्रिक पद्धतिको माध्यमबाट समाजवाद स्थापना गर्ने बाटोमा लागिएको उनको भनाइ थियो।

सशस्त्र द्वन्द्वमा तत्कालीन एमालले पनि ठूलो क्षति ब्यहोरोको उनको भनाइ थियो। ‘जनयुद्धको क्रममा तीन सयभन्दा बढी एमाले कार्यकर्ताले रगत बगाएका छन्। जे नहुनुपर्ने थियो, त्यो भयो,’ उपाध्यक्ष गौतमले भने।

श्रद्धाञ्जली सभामा नेकपा महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्‍त्री प्रदीप ज्ञवाली, नेताहरु अमृत बोहरा, युवराज ज्ञवाली, पम्फा भुसाल सहभागी थिए।

नेकपा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने श्रद्धाञ्जली सभामा गएनन्। प्रधानमन्त्री ओली र प्रचण्ड सहभागी हुने भनेर पत्राचार गरिएको थियो।

प्रकाशित मिति: १२:१२ बजे, बिहीबार, फागुन १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्