Kathmandu Press

सोपालको अर्धशतकमा पाकिस्तानविरुद्ध नेपाल सम्मानजनक याेगफलतर्फ

पाकिस्तान एविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको नेपालका लागि सोमपालले अहमद बटको बलमा चौका प्रहार गर्दै शतक प्रहार गरे। उनले ७७ बलमा अर्धशतक प्रहार गरे सोमपालको अर्धशतकसँगै नेपालले १५० रन पनि कटाएको छ।
सोपालको अर्धशतकमा पाकिस्तानविरुद्ध नेपाल सम्मानजनक याेगफलतर्फ

काठमाडाैं, असार २९ : श्रीलंकामा जारी एसिसी इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा दबाबमा रहेको नेपालका लागि सोमपाल कामीले अर्धशतक प्रहार गरेका छन्।

पाकिस्तान एविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको नेपालका लागि सोमपालले अहमद बटको बलमा चौका प्रहार गर्दै शतक प्रहार गरे। उनले ७७ बलमा अर्धशतक प्रहार गरे सोमपालको अर्धशतकसँगै नेपालले १५० रन पनि कटाएको छ।

टप अर्डर ब्याट्सम्यान सस्तै पभेलिएन पर्किएको नेपालका लागि सोमपालले ताजा अवस्थामा ९२ बल ९ चौका र १ छक्का प्रहार गर्दै ६८ रन बनाएर क्रिजमा छन्।

७२ रन बनाउँदा ८ विकेट गुमाएको नेपालका लागि सोमपालले प्रतिश जिसीसँग नवौं विकेटका लागि अर्धशतकीय साझेदारी गरेपछि नेपाल सम्मानजक स्कोरतर्फ अघि बढेको हो। प्रतिशले २४ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २६ रन बनाए।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ९।१ ओभरमा ३९ रन बनाउँदा ६ विकेट गुमाएको थियो। नेपालका लागि अर्जुन साउदले २० बलमा २ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक १७ रन बनाउँदा आसिफ सेखले १२ बलमा ३ चौका प्रहार गर्दै १२ रन बनाए।

कप्तान रोहितकुमार पौडेलले ४ रन बनाउँदा कुशल मल्ल र पवल सर्राफले समान १ रन बनाए भने भीम सार्की शुन्य रनमा आउट भए।

नेपालको इनिङ धरासयी बनाउने क्रममा पाकिस्तानका फास्ट बलर सहनवाज धानीले ९ ओभरमा ३२ रन मात्र खर्चेर ४ विकेट लिए। यस्तै, मुहम्मद वासिमले १० ओभरमा ५१ रन खर्चेर ४ विकेट लिए।

ताजा अवस्थामा नेपालले ३५ ओभरको समाप्तिमा ९ विकेटको क्षतिमा १६८ रन बनाएको छ।

प्रकाशित मिति: १३:०० बजे, शुक्रबार, असार २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्