Kathmandu Press

पाकिस्तानविरुद्ध नेपालको खराब ब्याटिङ, १० ओभर ६ विकेट गुमायो

पाकिस्तान एविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले पहिलो पावर प्लेमै ६ विकेट गुमाएको छ।
पाकिस्तानविरुद्ध नेपालको खराब ब्याटिङ, १० ओभर ६ विकेट गुमायो

काठमाडाैं, असार २९ : श्रीलंकामा जारी एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले निकै खराब सुरुआत गरेको छ। पाकिस्तान एविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले पहिलो पावर प्लेमै ६ विकेट गुमाएको छ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ९.१ ओभरमा ३९ रन बनाउँदा ६ विकेट गुमाएको थियो। नेपालका लागि अर्जुन साउदले २० बलमा २ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक १७ रन बनाउँदा आसिफ सेखले १२ बलमा ३ चौका प्रहार गर्दै १२ रन बनाए।

कप्तान रोहितकुमार पौडेलले ४ रन बनाउँदा कुशल मल्ल र पवल सर्राफले समान १ रन बनाए भने भीम सार्की शुन्य रनमा आउट भए।

नेपालको इनिङ धरासयी बनाउने क्रममा पाकिस्तानका फास्ट बलर सहनवाज धानीले ६ ओभरमा १४ रन मात्र खर्चेर ४ विकेट लिए। यस्तै, मुहम्मद वासिमले २ विकेट लिए।

ताजा अवस्थामा नेपालले १३ ओभरमा ६ विकेटको क्षतिमा ६६ रन बनाएको छ। क्रिजमा कुशल मल्ल र गुल्सन झा छन्। कुशलले १६ बलमा १७ रन बनाएका छन् भने गुल्सन १२ बलमा १० रन बनाएर खेलिरहेका छन्।

प्रकाशित मिति: ११:२४ बजे, शुक्रबार, असार २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्