Kathmandu Press

कुवेतमा ढिस्कोले पुरिएर चार नेपाली कामदारको मृत्यु

काठमाडौं, फागुन १ : कुवेतमा बालुवाको ढिस्कोले पुरिएर चार जना नेपाली कामदारको मृत्यु भएको छ।

कुवेतको अल मुत्ला क्षेत्रको निर्माणस्थलमा बालुवा....

कुवेतमा ढिस्कोले पुरिएर चार नेपाली कामदारको मृत्यु
एजेन्सी

काठमाडौं, फागुन १ : कुवेतमा बालुवाको ढिस्कोले पुरिएर चार जना नेपाली कामदारको मृत्यु भएको छ।

कुवेतको अल मुत्ला क्षेत्रको निर्माणस्थलमा बालुवाको ढिस्को खस्दा चार जना नेपाली कामदारको मृत्यु भएको अरब टाइम्सले जनाएको छ। मृत्यु भएका नेपाली कामदारको पहिचान खुलाएको छैन।

मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा काम गरिरहँदा एक्कासि बालुवा र ढुंगा खसेको जनाएको छ। बालुवा र ढुंगा खसेपछि १० जना नेपाली कामदार पुरिएका थिए।

उनीहरूमध्ये ६ जनाको सकुसल उद्धार गरिएको समाचारमा उल्लेख छ। तीन जनाको घटनास्थलमै र एक जनाको बाहिर निकालेपछि मृत्यु भएको जनाएको छ।

 

प्रकाशित मिति: ११:४२ बजे, बिहीबार, फागुन १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्