Kathmandu Press

एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज पाकिस्तान ए सँग खेल्दै

प्रतियोगितामा आफ्नो प्रमुख टोली पठाउने नेपाल एकमात्रै टोली हो । तर नेपालका सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले खेल्ने छैनन् भने करण केसी र ज्ञानेन्द्र मल्ललाई नेपालले विश्राम दिएको छ ।
एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज पाकिस्तान ए सँग खेल्दै

काठमाडौं, असार २९ : एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो पहिलो खेलमा आज शुक्रवार पाकिस्तान ए सँग खेल्दैछ । खेल श्रीलङ्काको कोलम्बो क्रिकेट क्लब मैदानमा नेपाली समयअनुसार बिहान सवा १० बजे सुरु हुनेछ ।

प्रतियोगितामा आफ्नो प्रमुख टोली पठाउने नेपाल एकमात्रै टोली हो । तर नेपालका सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले खेल्ने छैनन् भने करण केसी र ज्ञानेन्द्र मल्ललाई नेपालले विश्राम दिएको छ ।

आजको अर्को खेलमा भारत र यूएईबीच खेल हुनेछ । हिजो बिहीवारदेखि सुरु भएको प्रतियोगितामा श्रीलङ्का र अफगानिस्तानले विजयी सुरुवात गरेका छन् । श्रीलङ्का ’ए’ ले बङ्गलादेश ’ए’ लाई ४८ रनले तथा अफगानिस्तान ’ए’ ले ओमान ’ए’ लाई ७२ रनले हरायो ।

नेपालले दोस्रो खेल भारतको ुएु टोलीसँग साउन १ गते र तेस्रो खेल यूएईको ए टोलीसँग साउन ३ गते खेल्नेछ । नेपाल समूह ुबीु मा छ । त्यस्तै समूह ुएु मा श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान र ओमानका ए टोली छन् । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल साउन ७ गते हुनेछ । 

प्रकाशित मिति: ०८:११ बजे, शुक्रबार, असार २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्