Kathmandu Press

मेलम्चीबारे श्वेतपत्र जारी गरिँदै, कति भएको छ काम?

काठमाडौं, फागुन १ : मेलम्ची खानेपानी आयोजनाबारे सरकारले श्वेतपत्र जारी गर्न लागेको छ। खानेपानी मन्त्रालयले आज आयोजनाको श्वेतपत्र जारी गर्न लागेको हो।<....

मेलम्चीबारे श्वेतपत्र जारी गरिँदै, कति भएको छ काम?

काठमाडौं, फागुन १ : मेलम्ची खानेपानी आयोजनाबारे सरकारले श्वेतपत्र जारी गर्न लागेको छ। खानेपानी मन्त्रालयले आज आयोजनाको श्वेतपत्र जारी गर्न लागेको हो।

असारसम्म सुन्दरीजल प्रशोधन केन्द्रसम्म मेलम्चीको पानी खसाल्ने लक्ष्य राखिएको छ। आयोजनाको कार्य प्रगति विवरण, बाँकी कामलगायतका विषयलाई समेटेर श्वेतपत्र जारी गर्न लागिएको मन्त्रालयले जाएको छ।  

२०७५ मंसिरमा इटालियन कम्पनी सिएमसीले आयोजना छोडेपछि अहिले चिनियाँ कम्पनी सिनो हाइड्रोलाई बाँकी कामको ठेक्का दिइएको छ। सुरूङ फिनिसिङ र हेडवक्र्स निर्माण गरी आयोजनालाई दुई मुख्यभागमा बाँडिएको छ। दुवै ठेक्का सिनो हाइड्रोले सकारेको थियो।

कम्पनीले कात्तिकबाट आयोजनाको काम गरिरहेको छ। सुरूङ फिनिसिङको काम अन्तिम चरणमा पुगेको जनाएको छ।

यस्तै कफर ड्याम बनाएर असारसम्म पानी सुन्दरीजलमा खसाल्ने तयारी रहेको छ। कफर ड्याम र पर्मानेन्ट ड्याम निर्माणको काम एकै साथ अघि बढेको मेलम्ची विकास समिति बताउँछ।  

सरकारले आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा चालू आर्थिक वर्षको अन्त्यसम्म मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा गरेको थियो। त्यहि अनुरुप असारसम्म प्रशोधन केन्द्रमा पानी ल्याउने र त्यसको तीन महिनाभित्र पानी वितरण गरिसक्ने लक्ष्य राखिएको छ। पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी काठमाडौं आउनेछ।

अहिलेसम्म के–के भयो?

२०४७ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याएर खानेपानीको समस्या समाधान गर्ने घोषणा गरे। सरकारले २०५५ मा मेलम्ची खानेपानी विकास समिति गठन ग¥यो। समिति गठन भएको तीन वर्षपछि २०५८ मा एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा मेलम्चीको निर्माण सुरु भयो।

निर्माण सुरू भएको १८ वर्ष बितिसकेको छ। तैपनि मेलम्चीको पानी काठमाडौं झरेको छैन। आयोजना सुरू हुँदा सात वर्षभित्र काम सक्ने लक्ष्य राखिएको थियो। तर, सरकारले एडिबीको ऋण सर्त पालना गर्न नसक्दा केही समयमै काम प्रभावित भयो। त्यसपछि पनि निर्माण कम्पनीहरूसँगको ठेक्का तोडिने, नयाँ ठेक्का हुने क्रम जारी रह्यो। सोही कारण मेलम्चीको काम दुई दशक वित्न लाग्दा समेत पूरा हुन सकेको छैन।

मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तका अनुसार सरकारले ऋण सर्त पूरा गर्न नसकेपछि एडिबीले थप ऋण दिन र सुरुङमार्ग निर्माणको अनुमति दिएन। २०६४ मा सरकारले ऋण सर्त पालना गरेपछि एडिबीले २०७० सम्म समयावधि थपेर सुरुङमार्ग निर्माणको अनुमति दियो।

२०६४ मै २७ किलोमिटर सुरुङमार्ग निर्माणका लागि ग्लोबल टेन्डर आह्वान गरियो। अर्को वर्ष चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेसन (सिआरसी) कम्पनीले चार वर्षभित्र बनाइसक्ने गरी सुरुङमार्गको ठेक्का पायो। तर, तीन वर्षमा १५ प्रतिशत मात्रै काम ग¥यो। एक वर्षभित्र बाँकी ८५ प्रतिशत काम सक्ने अवस्था नदेखिएपछि सिआरसीसँग सोही वर्ष ठेक्का सम्झौता तोडियो।

२०७० असारमा पुनः ग्लोबल टेन्डर आह्वान गरियो र इटालियन कम्पनी सिएमसीले ठेक्का पायो। ठेक्काअनुसार, २०७३ मा काम सक्नुपर्ने भएपनि भूकम्प र नाकाबन्दीका कारण काम रोकियो। २०७२ को भूकम्पपछि करिब एक वर्ष मेलम्चीको काम ठप्प रह्यो। नाकाबन्दीको समयमा पनि काम भएन।

त्यसअघि २०७१ मा नदीबाट गिट्टीबालुवा झिक्न नदिने सरकारको निर्णयविरुद्ध आन्दोलन हुँदा पनि काम प्रभावित भएको थियो। ठेकेदार कम्पनी र मजदुरका कारणले समेत मेलम्चीको काम वेलावेलामा अवरुद्ध बनेको थियो।  

जसले गर्दा सिएमसीको म्याद थप भइरह्यो। अन्तिम म्यादअनुसार, २०७५ फागुन ३ गते सिएमसीले काम सक्नुपर्ने थियो। तर, मंसिर २९ मा सिएमसीले काम छोड्यो र आयोजनाले माघ २४ मा ठेक्का सम्झौता रद्द ग¥यो। ११ महिना काम काम ठप्प भएपछि गत असोजमा आयोजनालाई दुई भागमा बाँडेर ठेक्का लगाइएको छ। चिनियाँ कम्पनी सिनो हाइड्रोले अहिले आयोजनाको काम गरिरहेको छ।

यस्तो छ टाइमलाइन

२०४७ : प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईद्वारा मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा।

२०५५ : मेलम्ची खानेपानी विकास समिति गठन। 

२०५६ : एडिबीको सहयोगमा सम्भाव्यता अध्ययन।  

२०५८ : एडिबीसँग ऋण सम्झौता।  

२०५८ : निर्माण सुरू।

२०५८ : हेनिल कोनको जेभीलाई सुरुङ बनाउन चाहिने प्रवेशमार्ग निर्माणको ठेक्का।  

२०६१ : काम गर्न नसकेको भन्दै हेनिलले एकलौटी ठेक्का तोड्यो।

२०६१ : शाही आयोगमार्फत तत्कालीन राजा ज्ञानेन्द्र शाहद्वारा हस्तक्षेप।  

२०६१ : राज्यको हस्तक्षेपपछि नर्वे र स्विडेनको सिडद्वारा सहयोग फिर्ता।  

२०६४ : काठमाडौं उपत्यका खानेपानी लिमिटेड गठन।  

२०६४ : २७ किमि सुरुङ खन्न ग्लोबल टेन्डर।

२०६५ : अर्थमन्त्री बाबुराम भट्टराईद्वारा मेलम्चीलाई राष्ट्रिय गौरवको आयोजना घोषणा।

२०६५ : चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेसन (सिआरसी)लाई सुरुङ खन्ने ठेक्का।  

२०६९ : सुरुङ निर्माणको काम १५ प्रतिशत मात्रै सकिएपछि सिआरसीद्वारा ठेक्का रद्द।

२०७० : पुनः टेन्डर आह्वान।

२०७१ : इटालियन कम्पनी सिएमसीलाई बाँकी कामको जिम्मा।  

२०७२ : भूकम्पका कारण १० महिना सुरुङ खन्ने काम रोकियो।

२०७२ : पाइप बिच्छ्याउन सुरू।  

२०७३ : पुसमा पहिलो ‘ब्रेक थ्रु’को घोषणा।

२०७५ : मंसिरमा इटालियन कम्पनी सिएमसीले छोड्यो आयोजना।

२०७५ : माघमा सिएमसीसँग ठेक्का तोड्ने निर्णय।

२०७६ : असोजमा चिनियाँ कम्पनीलाई काम जिम्मा।  

२०७७ : असारमा सुन्दरीजलमा पानी खसाल्ने घोषणा।

प्रकाशित मिति: ११:२५ बजे, बिहीबार, फागुन १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्